• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिवम् लेयर्स बन्द गर्न पटेर्वासुगौली गाउँपालिकाको १५ दिने अल्टिमेटम

  • वीरगंज संजाल
  • ११ चैत्र २०७९, शनिबार १८:२४
  • २५९३

    वीरगञ्ज । शिवम् लेयर्स फार्म प्रालि. उद्योग बन्द गर्न गाउँपालिकाले अल्टिमेटम जारी गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादीस्थित कुखुराको अण्डा उत्पादन गर्ने उद्योगले फैलाएको दुर्गन्धको कारण ५ वटा बस्तीका हजारौँ मानिसहरु महामारीको उच्च जोखिममा रहेको समाचारहरु प्रकाशन भएपछि १५ दिनभित्र उद्योग बन्द गर्ने अल्टिमेटम दिएको हो ।

    गत चैत्र ८ गते कार्यपालिकामा बसेको बैठकले सो सो निर्णय गरेको बताईएको छ । सोही क्षेत्रका वडा नं. २ र ३ का १ सयभन्दा बढि स्थानियले शिवम् लेयर्स फार्म उद्योगलाई आवश्यक कारवाहीको गर्न उजुरी दिएको र सोही उपर छलफल गरि उद्योग संचालनको अनुमति दिने निकायले तोकेको शर्तहरु पालना गर्न जानकारी गराउँदा समेत उद्योगले अटेरी गर्दै आएको कारण पालिकाले यस्तो निर्णय लिएको सूचनामार्फत जानकारी दिईएको छ ।

    दिन प्रतिदिन जनगुनासोहरु बढ्दै जाँदा पालिकाले उद्योगलाई पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेरी गर्दै आएकाले दुर्गन्ध बढ्नुको साथै झिँगा भन्किने समस्या बढ्दै गएकोले गत चैत्र २ गते गरिएको अनुगमन समितिको प्रतिवेदन अनुसार उद्योग बन्द गर्न १५ दिनभित्र निर्देशन दिइने निर्णय गरेको हो ।

    अनुगमन समितिले दिएको प्रतिवेदनमा नेपालको संविधान, २०७२ को धारा ३०, स्वच्छ वातावरणको हक (मौलिक हक) बाट गाउँपालिकाको हजारौ नागरिकहरुलाई वञ्चित गराइएको, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ अनुसार र वातावरण संरक्षण ऐन २०७६ विपरित कार्य गरि छरछिमेकको नागरिकको स्वास्थ्यसँग गम्भिर खेलवाड गरेको र फोहरमैला व्यवस्थापन नियमावली, २०७० को नियम ११ अनुसारको फोहरमैला व्यवस्थापन सम्बन्धी गाउँपालिकाको कार्यालयसँग अनुमति समेत नलिएको सूचनामा उल्लेख छ ।

    अनुगमन समितिको प्रतिवेदनमाथि भएको छलफल पश्चात नेपालको संविधान २०७२ को अनुसूचि ८ को बुँदा नं. १० को अधिकार, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानून अनुसार गाउँपालिकाले लिखित तथा मौखिक निर्देशन दिँदा त्यसलाई वेवास्ता गर्दै नागरिकको स्वास्थ्यसँग गम्भिर खेलवाड गरेकोले उक्त उद्योगलाई १५ दिनभित्र बन्द गर्न लेखि पठाउने र सोको जानकारी सम्बन्धित निकायहरुलाई गराउने निर्णय गरिएको पालिकाकी उपप्रमुख ममता चौधरीले जानकारी दिनुभयो ।

    सो निर्णयको बोद्धार्थ कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय सिंहदरबार काठमाडौं, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा, घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज (पर्सा) लाई पठाएको गाउँपालिकाले जनाएको छ ।

    यसैबिच शिवम् लेयर्स फार्म प्रा.लि. मापदण्डबमोजिम नै सञ्चालन भएको सञ्चालक शिवजी कलवारले दावी गर्नुभएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ गादीस्थित लेयर्स फार्म मापदण्ड विपरितका कुनै पनि काम नगरेको सञ्चालक कलवारले दावी गर्नुभएको हो । चैत, बैशाख र जेठ महिनामा झिँगाको प्रकोप बढी लाग्ने भएका कारण देखिएको बताउँदै उहाँले आफ्नो उद्योगकै कारण झिँगा देखिएको भन्ने कुरा अस्विकार गर्नुभयो ।

    सबै दूषित पदार्थहरु उद्योग परिसरमै निर्मित डम्पिंङ एरियामा फाल्ने गरेको उहाँको भनाई छ । आफुले पूर्ण रुपमा व्यवस्थित ढंगले उद्योग सञ्चालन गरेको उहाँको दावी छ । उद्योगका प्रतिनिधिलाई खबरै नगरी आफ्नै हिसावले जनप्रतिनिधि अनुगमनमा आएको बताउँदै उहाँले उद्योगसँग कुनै समन्वय नभएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑