• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा-२ मा उपेन्द्र भर्सेज राजेन्द्र

  • वीरगंज संजाल
  • ११ चैत्र २०७९, शनिबार १८:१०
  • १२७३

    बारा । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नम्बर २ रिक्त छ । सो क्षेत्रमा निर्वाचन आयोगले आगामी वैशाख १० गते उपचुनाव गर्ने घोषणा गरिसकेको छ । उपचुनावको तयारी चलिरहँदा गत आम निर्वाचनमा हार व्यहोरेका मधेश केन्द्रित दलका शिर्ष नेताहरुले बारा-२ बाट चुनाव लड्ने चर्चा सुरु भएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट वरिष्ठ नेता राजेन्द्र महतोले उपचुनाव लड्ने आन्तरिक तयारी गरिरहेको चर्चा छ । अर्को तर्फ डा. सिके राउत नेतृत्वको जनमत पार्टी र प्रभु साहको आम जनता पार्टी (आजपा) ले पनि यादव र महतोविरुद्ध आफ्नो उम्मेदवार उठाउने तयारी गरिरहेका छन् ।

    आम निर्वाचनमा यादव सप्तरीमा डा. सिके राउत र महतो सर्लाहीमा महेन्द्र राय यादवससँग पराजित भएका थिए । उनीहरु अहिले बारा-२ बाट जितेर संसद् प्रवेश गर्ने रणनीतिमा छन् । लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंहले बारा-२ बाट पार्टीका वरिष्ठ नेता महतोलाई चुनाव लडाउने विषयमा पार्टीमा छलफल भइरहेको बताए । जसपा राजनीतिक समितिका सदस्य प्रमोद गुप्ताले बारा-२ बाट पार्टी अध्यक्ष यादवलाई नै उम्मेदवार बनाउने जानकारी दिए । पार्टीले केही दिनभित्रैमा निर्णय गर्ने उनले बताए । राष्ट्रिय राजनीति, मधेश आन्दोलनमा गरेको योगदानलगायतका विभिन्न कारणले यादवको आवश्यकता संसद्मा रहेको महसुस बाराका जनताले गरेको दाबी गुप्ताको छ ।

    जनमत पार्टीका नेता बीपी साहले पार्टीले स्थानीय उम्मेदवारलाई उठाउने बताए । आजपाका प्रवक्ता सिवि साहका अनुसार उनको पार्टीले छिटै नै उम्मेदवारबारे टुंगो लगाउनेछ । पार्टीभित्र आन्तरिक छलफल भइरहेको भन्दै उनले स्थानीय उम्मेदवारलाई पार्टीले टिकट दिने योजना रहेको सुनाए । उता जनमत र आजपाले उम्मेदवार कसलाई बनाउने भन्नेमा निष्कर्षमा पुग्न सकेका छैनन् । यद्यपि दुवै दलले स्थानीय नेतालाई उम्मेदवार बनाउने विषयमा पार्टीको आन्तरिक छलफलमै रहेका छन् । बारा-२ मा लोसपा, जसपा, जनमत र आजपाको पकड बलियो रहेको छ । चारवटै दलले छुटाछुटै उम्मेदवार उठाउने र राष्ट्रिय एवं ठूला दलको समर्थन प्राप्त गर्न सत्तारूढ गठबन्धनभित्र आन्तरिक छलफल थालेका छन् । यी चारवटै दल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारूढ गठबन्धनभित्र रहेका छन् ।

    रणनीति आ–आफ्नै

    नेकपा एमाले र जसपा गठबन्धनको साझा उम्मेदवार बनेका रामसहाय यादव निर्वाचित भएका थिए । अहिले उनी उपराष्ट्रपति भएपछि साझा उम्मेदवार भएर संसद् प्रवेश रणनीति उपेन्द्रको रहेको छ । उपेन्द्रले बाराबाट निर्वाचित सरोज यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाए । यसैबीच बारा-२ बाट स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर यादवलाई जसपामा भित्र्याए । अन्य स्वतन्त्र उम्मेदवारलाई समेत पार्टीमा भित्र्याउँदै उपेन्द्र निर्वाचन विजयी हुने रणनीतिमा छन् । उता बुधबार जनमत पार्टीले कलैयामा बृहत् आमसभाको आयोजना गर्यो । आमसभालाई सम्बोधन गर्दै डा. सिके राउतले सप्तरीजस्तै बारामा पनि उपेन्द्रलाई पराजित गर्ने उद्घोष गरे । सप्तरीमा राउत र उपेन्द्रबीच प्रतिस्पर्धा भएको थियो । लोसपा र आजपाले समेत छिटै नै कलैयामा बृहत् आमसभा गर्ने आन्तरिक तयारीमा जुटेका छन् । जनमत र जसपालाई टक्कर दिनेगरी उनीहरू आमसभा गर्ने तयारी पार्टीको स्थानीय कमिटीले गरिरहेको छ ।

    गत ४ मंसिरको निर्वाचनमा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेको उपराष्ट्रपतिमा निर्वाचित रामसहायले १३ हजार ८ सय २२ मत प्राप्त गरेर निर्वाचित भएका थिए । कांग्रेस–माओवादी सहित तत्कालीन पाँच दलीय गठबन्धनबाट माओवादीका उम्मेदवार शिवचन्द्र कुसवाहाले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए । त्यसैगरी, स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर ११ हजार २ सय ५० मत, रोशन यादवले १० हजार ७ सय ५० मत र अरुणकुमार ज्ञवालीले ७ हजार ६ सय ९८ मत पाएका पाएका थिए ।

    स्वतन्त्र उम्मेदवारको छुटै गठबन्धन

    गत निर्वाचनमा छुटाछुटै स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका उम्मेदवारबीच समेत गठबन्धन बन्ने भएको छ । स्वतन्त्र उम्मेदवार रोशन, अरुण ज्ञवाली र माओवादीले पुनः टिकट नदिए शिवचन्द्रसहितका नेताले छुटै गठबन्धन बनाएर एउटा साझा उम्मेदवार उठाउने तयारी गरेका छन् । स्वतन्त्र उम्मेदवार रहेका रामकिशोर जसपामा प्रवेश गरिसकेका छन् । माओवादीले जसपालाई समर्थन गर्ने चर्चा चलिरहेका बेला जिल्लामा माओवादीबाट उम्मेदवार बनेका शिवचन्द्रले कुनै हालतमा उपेन्द्रलाई समर्थन नगर्ने निष्कर्षमा पगेका छन् । छुटाछुटै स्वतन्त्र उम्मेदवारी दिएर पराजित हुनेहरूले गठबन्धन बनाएर कुनै एकलाई पुन उम्मेदवार बनाउने र उपेन्द्र, राजेन्द्रलाई हराउने रणनीतिमा छन् । निर्वाचन आयोगका अनुसार बारा २ सहित तनहुँ र चितवनमा समेत १० वैशाखमै उपनिर्वाचन हुनेछ । तनहुँ र चितवनमा समेत उम्मेदवार हुन विभिन्न पार्टीबीच आन्तरिक छलफलले तीव्रता पाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑