पर्सा । नेपाल पत्रकार महासंघ पर्साको नियमित बैठक आज सम्पन भएको छ । पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले विगतका निर्णय र सम्पन कार्यको समीक्षा गर्दै चैत १६ गते महासंघको स्थापना दिवशको अवसरमा प्रभात फेरि निकालने र शाखा कार्यसमिति सदस्य स्व. नरेश सर्राफको स्मृतिमा पुरस्कार वितरण गर्ने निर्णय गरेको छ ।
शाखाले तोकेको पुरस्कारको मापदण्ड अनुसार स्व नरेश समृती प्रथम पुरस्कार सकृय युवा पत्रकार राजेन्द्र सिहं राजपुत लाई प्रदान गर्ने निर्णय गरेको शाखाका सचिव भूषण यादवले जनाए । ४० वर्ष उम्मेर नकटेका र १० वर्ष पत्रकारितामा बिताएका पत्रकार सिह आकाश एफ, पब्लिक एफ एम,आवाज एफ एम ,माउन्टेन टिभी, हुँदै अहिले रेडियो नेपाल र एन्युज टेलिभिजनमा जनपक्षीय पत्रकारितामा सकृय छन ।
यस्तै बैठकले पत्रकार महिलाहरूको क्षमता अभिबृद्घीका लागि चैत मसान्त भित्र तालिम सम्पन गर्ने निर्णय गरेको छ ,यस्कालागि आवश्यक संयोजन गर्न उपाध्यक्ष सुष्मा शर्मा,कार्यसमिति सदस्य कबिता खड्का,रश्मीराज भण्डारीलाई जिम्मेवारी दिईएको छ ।