• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सखुवाप्रसौनीका अध्यक्ष यादवको अग्रसरतामा कक्षा ११ का छात्राहरुलाई साइकल वितरण

  • वीरगंज संजाल
  • १० चैत्र २०७९, शुक्रबार १९:५०
  • १३६९

    वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले सामुदायिक विधालयमा कक्षा ११ मा अध्यनरत छात्राहरुलाई साइकल वितरण गरेको छ ।मधेस प्रदेश सरकारले कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गर्दै आएकोमा सखुवाप्रसौनी गाँउपालिकाले भने आफनै बजेटबाट कक्षा ११ का छात्राहरुलाई साइकल वितरण गरेको हो । शुक्रबार गाँउपालिकाले वडा नम्बर २ औराहा पन्च्गाजा स्थित दिपनारायण आदर्श नमूना माध्यमिक विधालयको कक्षा ११ मा अध्ययनरत ३७ जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।

    विधालयमै शुक्रबार आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष यशवन्त यादवले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका हुन् । गाँउपालिकाको चालु आर्थिक वर्ष ०७९/०८० बजेटमा साइकल वितरणका लागि ७ लाख रुपैया विनियोजित गरिएकोमा त्यही रकमबाट साइकल खरिद गरि ३७ जना छात्राहरुलाई साइकल वितरण गरिएको प्रशासन शाखा प्रमुख अरविन्द ठाकुरले बताए । प्रदेश सरकारले कक्षा ८ का छात्रालाई मात्रै साइकल वितरणको कार्यक्रम सन्चालन गरेकोमा आफनो पालिकाले कक्षा ११ का छात्राहरुलाई पनि साइलक वितरणको कार्यक्रम थालेको उनले बताए ।

    उनले उच्च शिक्षा प्रति किशोरी र युवतीहरुलाई आकर्षित गर्ने उदेश्यले यो कार्यक्रम थालिएको बताए । उनले भने ,‘ कक्षा ११ मा पढ्न टाढा टाढाबाट छात्राहरु पैदलै आउनु पर्ने बाध्यता छ , त्यसैले उनिहरुलाई विधालय आउन सहज होस् भनेर हामीले आफनो पालिकामा यो कार्यक्रम थालेका हौं । शुक्रबार साइकल पाएपछि खुशी व्यक्त गर्दै कक्षा ११ मा अध्यनरत पर्सागढी नगरपालिका ९ की सिमा यादवले घरबाट पैदल हिडेर विधालय आउन एक घण्टा लाग्ने गरेकोमा अब साइकल पाएपछि भने १०/१५ मिनेटमै आइपुग्ने बताइन् ।पटेर्वासुगौली गाँउपालिका ३ घर भएकी कक्षा ११ कै छात्रा सन्ध्यादेवी थारुले घर र विधालय बिचको दुरी टाढा भएकाले पैदल हिडेर आउदा समस्या हुने गरेको बताइन् । तर अब साइकल पाएपछि भने विधालय आउन सहज हुने उनले बताइन् । शुक्रबारको साइकल वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट,वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु, विधालयका प्रधानाध्यापक शिवनाथ चौधरी, पालिकाको प्रशासन शाखाका अधिकृत अरविन्द ठाकुर र ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामाजा केशरीको पनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑