पर्सा । राजन कुमार बानिया । पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिकमा रहेको सशस्त्र प्रहरी बल बिअोपी भिस्वा बंजारीको सशस्त्र पुलिस निरिक्षक सुनिल दासको एक समारोहका बिच शुक्रबारको दिन स्थानियहरुले दोसाल फुलमाल अबिर लगाएर बिदाई गरेका छन।
सशस्त्र पुलिस निरिक्षक दासले १० महिना सम्मको बसाइँमा अपराध नियन्त्रण शान्ति सुरक्षा कायम ,र खुला सिमानाका बाट चोरी तस्करी नियन्त्रण कार्यमा सराहनिय काम गरेको र जनताको दुखसुखमा साथ दिएर शान्ति सुरक्षामा अमन चैनको साथ अनुभूति दिलाउन सफल हुनु भएकोले। स्थानिय हरुले सशस्त्र प्रहरी निरिक्षक दासको भब्य स्वागत साथ बिदाई बिदाई गरेका छन। सशस्त्र प्रहरी निरिक्षक दासले भने खुला सिमानाकामा अपराधी गतिबिधि र चोरी तस्करी नियन्त्रणमा स्थानिय हरुको सहयोग समन्वयको कारण नियन्त्रणमा सहयोग पुगेको बताए ।
प्रहरी संगठनमा सरुवा त एउटा प्रक्रिया हो अाउने जाने काम भईरहन्छ तर तपाईं हरुले दिनु भएको सहयोग धन्यवाद समेत दिनु भएको छ। त्यस्तै नयाँ बिअोपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिष्णु हरि थापा लाई स्वागत गरिएको छ। बिदाई तथा स्वागत कार्यक्रममा स्थानिय वडाअध्यक्ष रामेश्वर महतो,नेता किशोरी साह, जितेन्द्र वर्मा, सुवास साह,पत्रकार लालबाबु बानिया,धर्मेन्द्र यादव,मनोज पटेल, सारुख मियाँ, भिस्वा बजार समितिका गणेश जैस्वाल ,शशिकान्त कुशवाहा,गाडसाहेब,सुनिल वर्मा, लगायतको सहभागिता रहेको थियो।