काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेर फेरि अल–टाइम हाई नजिक पुगेको छ। आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला छापावल सुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ।
यसअघि गत आइतबार (चैत ५ गते)प्रतितोला छापावल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। यो सुनको भाउले कायम गरेको हालसम्मकै उच्च स्तर हो।
हिजो बिहीबार पनि सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ तेजाबी गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।