• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चौतर्फी दबाबपछि काममा फर्किए ठेकेदार

  • वीरगंज संजाल
  • १० चैत्र २०७९, शुक्रबार १२:५३
  • २०६५

    वीरगंज । चौतर्फी दबाबपछि बेनी अस्पतालको ५० शैया भवनको निर्माणकार्य अलपत्र पारेर सम्पर्कविहीन भएका निर्माण व्यवसायी काममा फर्किएका छन्। भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने मिति गुज्रिए पनि शक्तिशाली मानिएका ठेकेदारले काम सम्पन्न गर्न अटेर गरेपछि चौतर्फी ठेक्का तोडेर कालोसूचीमा राख्न दबाब पुगेपछि ठेकेदारले अपूरो काम पूरा गर्न जनशक्तिसहित आवश्यक साम्रगी पठाउन थालेको छ। आज जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिसस उपप्रमुख दिलकुमारी खत्रीसहितको सरकारी निकायका प्रतिनिधिले अवलोकन गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष एवम् ठेकेदार रवीसिंह श्रेष्ठले अलपत्र भवनलाई पूर्णता दिन अटेर र विभिन्न बाहना बनाएपछि जिल्लाका निर्वाचित प्रतिनिधि तथा प्रदेश सांसद, जिल्ला समन्वय समिति, बेनी अस्पतालबाट भएको दबाबका कारण ठेकेदार काममा फर्किएको बताइएको छ।

    जिसस प्रमुख राजकुमार थापाले अव कामदार फर्किएमा ठेक्का तोडेर कालोसूचीमा राख्ने गरी जिल्ला प्रदेश सरकारबाट सिफारिस गरिने बताए। ‘चौतर्फी दबाब सिर्जना भएपछि ठेकेदार काममा फर्किएका छन्,‘दैनिक ३०÷३५ मजदुरले काम गर्न थालेका छन्’, जिसस प्रमुख थापाले बताए। केही दिन अगाडि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली, गण्डकी प्रदेशका सांसद हरि भण्डारीसहितको टोलीले समेत अलपत्र भवनको अवलोकन गरेका थिए। अस्पताल भवनका बारेमा लगातार दबाब र समाचार प्रकाशित भएपछि महादेव खिम्ती, गल्वा रफिना जेभीले मजदुर पठाउन थालेको प्रजिअ पौडेलले बताए। भवन निर्माणमा ढिलासुस्ती गर्ने र अलपत्र पार्ने निर्माण कम्पनीलाई ठेक्का तोडेर कालोसूचीमा राख्नेसम्मको चेतावनीसहितको कार्यबाट बाध्य भएर फर्किएका ठेकेदारलाई दैनिक एक सय जनशक्ति विभिन्न काममा खटाउनसमेत निर्देशन दिइएको छ।

    ठेकेदारले समेत काम गरे अनुसारको भुक्तानी सहज नहुदाँ र तालमेल नमिल्दा ढिलाई भएको प्रतिक्रिया दिएको छ। वि.सं २०७३ मंसिर २१ गते महादेव खिम्ती–गल्वा–रफिना जेभीले सो भवन बनाउन १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो। चार हजार ९६३ वर्गमिटर जमिनमा बनाउन लागिएको चार तले तीन वटा भवन विसं २०७६ मंसिर २० गते निर्माण सक्ने लक्ष्य थियो। भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्रीसमेत हुनेछ। भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ। सघन सहरी तथा भवन डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोना संक्रमणका कारण आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमार्फत् थपिएको म्याद सकिएपछि अन्तिम अवसरका रुपमा चालु आवमको असारसम्मको म्याद थप गरिएको छ। तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रंगरोगन, विद्युत्, पानी, फर्निचर जडानलगायत काम बाँकी छन्।

    साझेदारीमा काम गरेका तीन वटै निर्माण व्यवसायीको लेनदेन विवादले भवन निर्माणमा असर परेको बताइएको छ। ५० शैय्याको भवन अलपत्र परेपछि अहिले अस्थायी संरचना बनाएर अस्पतालले बिरामीको सेवा दिइरहेको छ। बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी बार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन्। बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी वार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन्। भवन निर्माण आयोजना कार्यालय बागलुङले भवन अलपत्र पार्ने ठेकेदार कम्पनीलाई काम गरे भन्दा ७१ लाख बढी भुक्तानी दिएको महालेखाको ५९औँ प्रतिवेदनमा उल्लेख गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑