• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको भाटभटेनी सुपरमार्केट सञ्चालनमा

  • वीरगंज संजाल
  • ९ चैत्र २०७९, बिहीबार २२:२२
  • २०१७

    वीरगञ्ज । नेपालकै सबैभन्दा ठूलो चेन सुपरमार्केट भाटभटेनीले देशकै आर्थिक राजधानी वीरगञ्जमा पनि आफ्नो स्टोर सञ्चालनमा ल्याएको छ । मधेश प्रदेशकै पहिलो स्टोरका रुपमा भाटभटेनीले बिहिबारदेखि वीरगञ्जमा आफ्नो २४ औँ शाखाका रुपमा स्टोर सञ्चालनमा ल्याएको हो । स्टोर वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा वीरगञ्ज हेल्थ केयर अस्पतालको छेउमै खुलेको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले आजै एक कार्यक्रम बीच हिन्दू धर्म संस्कृति अनुसार पूजा गर्दै स्टोरको उदघाटन गरेका छन् । पर्सा, बारा, रौतहट र मधेश प्रदेशका अन्य जिल्लासँगै सीमावर्ती भारतीय शहरका उपभोक्तालाई समेत लक्षित गर्दै वीरगञ्जमा जग्गा र स्टोर आकारको हिसाबले देशभरिकै ठूलो दे भाटभटेनी सुपर मार्केटको शाखा खोलिएको गुरुङको भनाई छ । गुरुङनले देशको मूख्य औद्योगिक नगरी वीरगञ्जमा भाटभटेनी सुपरमार्केटको सेवा सुरु गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया पनि दिए । उनले, ‘हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन ,स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौँ । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।’

    अध्यक्ष गुरुङले आफूले केवल व्यपारका लागि नभइ सेवाभावले देशभर शाखा विस्तार गरिरहेको बताए । उनले भने,‘ वीरगञ्जमा पनि म व्यपार गर्न आएको होइन् । यहाँका उपभोक्ताले बजार मूल्य भन्दा केहि भएपनि सस्तोमा सामान पाउन भनेर सेवाभावले पनि यो शाखा विस्तार गरेको हुँ ।’ अहिले देशमै आर्थिक मन्दी चलिरहेको परिपेक्ष्यमा खस्कदो अर्थतन्त्रलाई उकास्न केहि भएपनि टेवा पुगोस् भनेर वीरगञ्जमा सेवा विस्तार गरिएको उनले जिकिर गर्दै थपे, ‘अर्थतन्त्र खस्कियो, आर्थिक मन्दी भयो भनेर नीजी क्षेत्र सुतेर बस्ने होइन, आफनो तर्फबाट जेजति हुन्छ जोडबल गर्नुपर्छ ।’ वीरगञ्ज पछि अब आगामी अषाढमा मधेशको केन्द्र जनकपुरमा र त्यसलगत्तै भदौंमा विर्तामोडामा पनि सेवा विस्तार गर्ने तयारी रहेको उनले जानकारी दिए । भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्राईका अनुसार वीरगञ्जमा सञ्चालनमा ल्याइएको सुपर मार्केट स्टोरको भौतिक संरचना र सामान सहितको लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

    २ बिघा २ कठ्ठा क्षेत्रफल जग्गामा निर्मित सुपर मार्केट स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको छ भने सुपर मार्केट भवन ७ तल्ले छ । भट्टराइले भने, ‘यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले सबै भन्दा ठूलो हो ।’ उनले भाटभटेनीको सुपर मार्केटका सामान बजारको भन्दा सस्तो मुल्यमा पाइने जिकिर पनि गरे । उननले भने, ‘वीरगञ्जका उपभोक्ता सस्तोका लागि किनमेल गर्न प्राय सीमापारि रक्सौल बजार जान्छन् । त्यस्ता उपभोक्तालाई नै लक्षित गरि हामीले वीरगञ्ज बजारको भन्दा सस्तो मूल्यमा सामान उपलब्ध गराएका छौँ ।’ स्टोरको अवलोकन गर्न वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि पुगेका थिए । स्टोर अवलोकन गर्दै सिंहले वीरगञ्जमा पनि भाटभटेनी जस्तो ठूलो चेन सुपरमार्केट खुल्नु महत्वपूर्ण कुरा भएको बताए । उनले भने, ‘भाटभटेनीले मधेश प्रदेशमै पहिलो स्टोर वीरगञ्जमा खोलेको छ । यसले हाम्रो शहरमै एउटा विशेषता थपिन पुगेको छ । व्यवसायीक हिसाबले मात्र नभएर पर्यटकीय हिसाबले पनि भाटभटेनी खोलिनु हाम्रो लागि महत्वपूर्ण हो

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑