• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डिजिटल मार्केटिङका लागि निःशुल्क ७ एप्लिकेसन

  • वीरगंज संजाल
  • ९ चैत्र २०७९, बिहीबार १३:५५
  • ११३३

    काठमाडौँ । डिजिटल मार्केटिङ आधुनिक व्यवसायका लागि अत्यावश्यक बनेको छ । नयाँ प्रविधिको प्रयोग गरी आफ्नो व्यवसाय वृद्धि गर्ने चाहना सबैको हुन्छ । तर, हामी त्यस्ता टुलसँग मात्र परिचित हुन्छौँ, जुन प्रयोग गर्न शुल्क तिर्नु पर्दैन ।

    १. फोटो एडिटिङ तथा डिजाइनिङः विशेषगरि जब कन्टेन्ट डिजाइनको कुरा आउँछ, त्यसबेला हामीसँग थुप्रै विकल्प हुन्छन् । जसमा फोटोशप पहिलो रोजाइमा पर्छ । फोटोशपमा थुप्रै फिचरहरू हुने भएकाले त्यसको प्रयोगका लागि शुल्क तिर्नुपर्ने हुन्छ । क्र्याक तथा पाइरेटेड सफ्टवेयर प्रयोग गर्नु बेग्लै कुरा हो । तर, निःशुल्क फोटोशप जस्तै टुलहरू पनि रहेका छन् । यस्ता सफ्टवेयरहरू मध्ये डिजाइनर (DesYGner) मा थुप्रै टेम्प्लेट हुने भएकाले आवश्यकता अनुसार कन्टेन्ट डिजाइन गर्न सकिन्छ ।

    २. स्टक भिडिओः​ डिजिटल मार्केटिङका लागि स्टक भिडिओ पनि महत्त्वपूर्ण हुने गर्छ । स्टक भिडिओका लागि विभिन्न साइट उपलब्ध छन् । जहाँ शुल्क तिर्ने वा नतिर्ने दुई विकल्प हुन्छन् । यदि तपाईँ शुल्क तिर्न इच्छुक हुनुहुन्छ भने त शटरस्टक उपयुक्त विकल्प हुन सक्छ । तर, शटरस्टकको जस्तै भिडिओ निःशुल्क प्रयोग गर्न चाहनु हुन्छ भने भिडेभो (Videvo) प्रयोग गर्न सक्नुहुन्छ । यसमा भएका थुप्रै भिडिओहरू निःशुल्क रूपमा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

    ३. भिडिओ एडिटिङः डिजिटल मार्केटिङमा भिडिओ एडिटिङको काम निकै महत्त्वपूर्ण हुन्छ । आफूले चाहेको वा आफ्नो व्यवसायलाई सुहाउने तवरका भिडिओ एडिट गर्नुपरिरहेको हुन्छ । त्यसका लागि प्रिमियर प्रो धेरै नै प्रख्यात छ । तर, प्रिमियर प्रो प्रयोग गर्न सब्सक्रिप्सन लिनुपर्ने हुन्छ । यदि तपाईँ प्रिमियर प्रो जस्तै विशेषता भएको टुल निःशुल्क प्रयोग गर्न चाहनु हुन्छ भने इनशट (InShot) तपाईँका लागि उपयुक्त विकल्प हो । यसमा भएका विभिन्न टेम्प्लेट प्रयोग गरेर तपाईँले आकर्षक भिडिओ तयार पार्न सक्नुहुन्छ ।

    ४. क्याप्सनः डिजिटल मार्केटिङमा क्याप्सनलाई पनि निकै महत्त्वपूर्ण अंश मानिन्छ । आफ्नो व्यवसाय केसँग सम्बन्धित छ भन्ने कुरा बुझाउन तपाईँलाई आकर्षक क्याप्सन चाहिन्छ ।
    शुल्क तिरेर क्याप्सन लेख्न जास्पर (Jasper) जस्ता टुल प्रयोग गर्न सकिन्छ । यदि तपाईँ निःशुल्क क्याप्सन लेख्ने टुल खोजिरहनु भएको छ भने च्याटजीपीटी वा वेर्थ डट एआई (Bertha.ai) उपयुक्त हुन्छ । यसमा प्रयोगकर्ता अनुकूलका अनेक टेम्प्लेटको सहयोगमा उपयुक्त क्याप्सन तयार पार्न सकिन्छ ।

    ५. फन्टः डिजिटल मार्केटिङमा फन्ट पनि आवश्यक पर्छन् । तयार पारिएका कन्टेन्टलाई चाहेका अडियन्सको रोजाइमा पर्नेगरि डिजाइन बनाउन आकर्षक फन्ट जरुरी हुन्छ ।
    यदि तपाईँ शुल्क तिर्न इच्छुक हुनुहुन्छ भने तपाईँका लागि लेनोटाइप (LenoType) टुल प्रयोग गर्न सक्नुहुन्छ । यही विशेषता भएको फन्ट स्पेस (Font Space) भने निःशुल्क प्रयोग गर्न सकिन्छ ।

    ६. ह्याशट्यागः डिजिटल मार्केटिङमा ह्याशट्यागले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तपाईँले त्यस्ता ह्याशट्याग प्रयोग गर्नुपर्ने हुन्छ, जसले सम्बन्धित ग्राहकसम्म पुर्‍याउन सहयोग गरोस् । कतिपय ह्याशट्याग हामी आफैँले पनि तयार पार्न सक्छौँ । तर, कतिपय ह्याशट्याग इन्टरनेटमा ग्राहकले खोजेका विषयसँग जोडिएको हुन्छन् । त्यस्ता ह्याशट्याग तयार पार्ने थुप्रै साइटहरू हुन्छन् । फ्लिक (Flick) त्यस मध्येको एउटा टुल हो । जसको सब्स्क्रिप्सन लिएको खण्डमा उपयुक्त ह्याशट्याग तयार पार्न सकिन्छ । यदि तपाईँ आफ्नो व्यवसायलाई सुहाउँदा ह्याशट्याग निःशुल्क तयार पार्न चाहनु हुन्छ भने ग्रेभट्याग (Gravtag) प्रयोग गर्न सक्नुहुन्छ । यो त्यस्तो टुल हो, जसले तपाईँको व्यवसायलाई उपयुक्त हुने ह्याशट्याग तयार पार्छ । त्यस्तै ह्याशट्याग तयार पार्न च्याटजीपीटीको पनि सहयोग लिन सक्नुहुन्छ । तर, च्याटजीपीले सन् २०२१ सम्मका डेटा मात्र भण्डारण गरेकाले पछिल्ला विकासक्रम तथा ट्रेन्डहरूको ह्याशट्याग तयार नपार्न सक्छ ।

    ७. अडियन्सको जानकारीः यसैगरि कन्टेन्टहरू कुन समयमा राख्दा धेरै अडियन्स माझ पुग्छ भन्ने कुराको ज्ञान हुन पनि उत्तिकै आवश्यक हुन्छ । उपयुक्त समयमा कन्टेन्ट अपलोड गर्न कतिपयले शुल्क तिरेर हुटस्विट (Hootsuite) प्रयोग गरिरहेका हुन्छन् । यदि तपाईँ निःशुल्क प्रयोग गर्न हुटस्विटको विकल्प खोजिरहनु भएको छ भने क्रियटर स्टुडियो उपयुक्त विकल्प हुनसक्छ । त्यस्तै आफूले अपलोड गरेका कन्टेन्टको विश्लेषण गर्न पनि उत्तिकै आवश्यक छ । विशेषगरी कस्ता अडियन्सले कन्टेन्ट देखे ? कुन उमेर समूहका प्रयोगकर्ताले कति समय त्यसमा बिताए ? यस्ता एनालिटिक्स हेर्नका लागि थुप्रै टुलहरू उपलब्ध छन् । यसमा किहोल (Keyhole) त्यस्तो टुल हो, जसले कुनै पनि कन्टेन्टमा कस्ता अडियन्स सक्रिय छन् लगायतका विविध विषयको जानकारी दिन्छ । तर, यो टुल प्रयोग गर्न प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुन्छ । यदि तपाईँ यो टुलको निःशुल्क विकल्प खोजिरहनु भएको छ भने एनालिसा डट आईओ (Analisa.io) उपयुक्त हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑