• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किर्ते गरी १० तिब्बतीलाई नागरिकता

  • वीरगंज संजाल
  • ९ चैत्र २०७९, बिहीबार १२:२५
  • १३६९

    काठमाडौं । झट्ट हेर्दा कोही क्यान्टिन सञ्चालक छन्। कोही लामो समयदेखि लेखापढी व्यवसायमा त कोही व्यापार व्यवसायमा सक्रिय छन्। तर, उनीहरूको खास काम भने समस्यामा परेका व्यक्तिको नक्कली कागजात बनाइदिनु, सरकारी छाप नक्कली प्रयोग गर्नु र विदेशी नागरिकको समेत नक्कली बुवाआमा खडा गरी नेपाली नागरिकता बनाइदिनु हो। यसरी नक्कली कागजात र नागरिकता बनाएबापत उनीहरूले ३ देखि ५ लाख लिने गरेका छन्। तिनै गिरोहको समूह पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई यही चैत ५ गते बबरमहल क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्युल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हीरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा छन्।

    अपराध महाशाखाका प्रवक्ता सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूको समूहले प्रतिव्यक्ति ३–५ लाख रुपैयाँ लिएर तिब्बती नागरिकको नेपाली नागरिकता बनाउने कार्यमा संलग्न थिए। राठौर भन्छन्, ‘अहिलेसम्म यो टोलीले १० जना तिब्बतीयनको नेपाली नागरिकता बनाइसकेका छन्। उनीहरूले नेपालीलाई १० हजार रुपैयाँ दिएर नक्कली बुवाआमा बन्न प्रलोभन दिएर नागरिकता बनाउने गरेको खुलेको छ।’ पक्राउ परेका कटवाल १० वर्षदेखि नै लेखापढी कानुन व्यवसाय गर्दै आइरहेका व्यक्ति हुन्। उनीसँग लेखापढी व्यवसाय गर्ने लाइसेन्स छैन। उनको कार्यालय दर्ता पनि भएको छैन। उनले विभिन्न व्यक्तिसँगको सहकार्यमा किर्ते कागजात बनाउने गरेको अनुसन्धानबाट खुलेको छ।
    प्रहरीका अनुसार उनले हीरालाल शिवाकोटीसमेतको सहयोगमा विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, विवाद दर्ता, सम्बन्धविच्छेद जस्ता सरकारी कागजात नक्कली बनाउँदै आएका थिए।

    उनले जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा तिब्बती शरणार्थीको नक्कली बुवाका रूपमा विभिन्न व्यक्ति उभ्याउने गरेका थिए। राठौरका अनुसार कटवालले भक्तपुर ठिमीका ७० वर्षीय न्युल्केश श्रेष्ठलाई मिङछुङ शेर्पा नामक नागरिकता बनाउन सहयोग गरेका थिए। उनै श्रेष्ठले शेर्पा नामक नागरिकता प्रयोग गरी तिब्बतीयन शरणार्थीको नागरिकता बनाउन सहयोग गर्थे। एउटा नागरिकता बनाउन बुवाको रूपमा प्रशासनमा गएर सनाखत गर्थे।
    यसबापत कटवालले उनलाई १० हजार रुपैयाँ दिन्थे। कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीको नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बुवाका रूपमा उपस्थित गराएर सनाखत गराउने गरेको प्रवक्ता राठौरले बताए। श्रेष्ठले तिब्बती शरणार्थी सोनाम छोडेन, टासी शेर्पा, नाम्से शेर्पालगायतको नागरिकता बनाउन नक्क्ली बाबु बनेर सहयोग गरेको अनुसनधानमा खुलेको छ।

    पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बतीयन नागरिक हुन्। उनी तिब्बतीयन शरणार्थी क्याम्पमा बस्दै आएका छन्। उनले गत फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए। लोब्साङ ठिन्ले गुरुङको नामबाट कामनपा १७ स्थायी ठेगाना राखी ना.प्र.प्र.नं २७—०१ —७९ —१५९०१ नम्वरको नागरिकता लिएका थिए। यस्तै, नागरिकता लिएका अन्य २५—३० जनाको सक्कलै नागरिकता उपर पनि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। पक्राउ परेका विजय लामा विगत ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएका छन्। उनले नै जिल्ला प्रशासनभित्रका सबै काम मिलाउँथे। भित्र मिलाउनुपर्ने भन्दै उनले कृष्णबहादुर कटुवालसँग प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ लिन्थे।

    उनले नै कर्मचारीसँग सहजीकरण गर्थे। राठौर भन्छन्, ‘पक्राउ परेका कटवालले ५/६ वर्षको अवधिमा करिब ५ सय बढी यस्ता नागरिकता बनाएको सूचना आएको छ। यसमा संलग्न सबैको खोजी भइरहेको छ। कटवाल यसअघि पनि किर्ते र ठगी मुद्धामा सजाय पाएका व्यक्ति हुन्।’साथै तिब्बतीयन शरणार्थीलगायत अन्य विदेशीको पनि सक्कलै नागरिकता बनाउन सहयोग गर्ने जिल्ला प्रशासन कार्यालयमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूउपर नागरिकता ऐन तथा लिखतसम्वन्धी कसूरमा आवश्यक अनुसनधान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑