वीरगन्ज । नेपाल कारखाना श्रमिक संघकाे बारा जिल्ला अध्यक्षमा अरुण प्रसाद यादव सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेस निकट संघकाे बुधबार सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षमा यादव सर्वसम्मत चयन भएका हुन् ।
यस्तै संघमाे उपाध्यक्षमा रामबाबु प्रसाद कुर्मी र माया ढुंगाना तथा सचिवमा रुपेश यादव पनि सर्वसम्मत चयन भएका छन् । सहसिचवमा दिपनारायण साह , काेषाध्यक्षमा सुजित साह तथा सदस्यहरुमा सुरेन्द्र महताे, सिकेन्द्र सहनी, प्रमाेदलाल साह, भरत सेढाई ,पुनदेव पण्डित,गान्धी प्रसाद र राजेन्द्र राउत पनि सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनबाट संघकाे १३ सदस्यीय जिल्ला कार्यसमित नै सर्वसम्मत चयन गरिएकाे मजदुर नेता लक्ष्मण प्रसाद कुर्मीले जानकारी दिए ।