• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हलको फलामे डन्डी चोरी

  • वीरगंज संजाल
  • ८ चैत्र २०७९, बुधबार १८:००
  • १०३३

    वीरगञ्ज । वीरगन्जको नारायणी रंगशालाको दक्षिणपट्टि निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हलको टाइम बिमको १४१ वटा फलामे डन्डी चोरी भएको पाइएको छ । चोरले बिमको डन्डी काटेका छन् । कभर्ड हलमा कूल ११४ वटा पिलर छन् ।

    एउटा पिलरमा १६ वटा डन्डी राखेर ढलान गरिएको छ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख जियाउल इस्लामका अनुसार लागूपदार्थको दुर्व्यसनमा लागेका युवाहरुले फलामे डन्डी काटेर लगेको बताउँछन् । नारायणी रंगशाला वरिपरि अहिले लागूऔषध दुर्व्यसनीको अखडा बनेको छ ।

    खेलकुद समितिका प्रमुख इस्लामका अनुसार रातको समयमा र छुट्टीको दिन पारेर टाइम बिमको फलामे डन्डी काटेर लगेका हुन् । डन्डी चोरीको घटनाबारे खेलकुद समितिले स्थानीय प्रहरी प्रशासनमा निवदेन दिएको छ ।

    टाइम बिममाथि पिलर निर्माणका लागि जोडिएका डन्डीहरु काटेर लागेपछि निर्माणमा थप जटिलता थपिएको उनले बताए । ‘ठेकेदारले ढलान भइसकेको बिम फोडेर फेरि डन्डी जडान गर्नुपर्ने हुन्छ,’ मध्यमाञ्चाल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख जियाउल इस्लामले भने, ‘समय र आर्थिक भार थपियो ।’

    उनका अनुसार खेलकुद पूर्वाधारप्रति समाजको नजरिया परिवर्तन नहुन्जेल संरचना संरक्षण हुँदैन । केही महिना अगाडि रंगशाला नजिकै गाउँका एक युवक निर्माणाधीन प्याराफिटबाट स्टिल पाइप (एमएस प्रप्स) चोरेर कबाडमा बिक्री गर्ने क्रममा पक्राउ परेका थिए ।
    ‘फुटबल रंगशालाको समेत फलामे डन्डी र इँटा चोरेर लैजाने गरेका छन्,’ मध्यमाञ्चल खेलकुद विकास समितिका प्रमुख इस्लाम भन्छन्, ‘बिहान मर्निङ वाकका लागि मोटरसाइकल र गाडीमा रंगशाला पुग्ने स्थानीय पनि मैदा भित्रै सवारी साधन पार्क गर्ने गरेका छन् । सवारी साधनभित्र लैजानमा रोक लगाउँदा कुट्नै आउँछन् ।

    ’ पछिल्लो समय खेलकुद विकास समितिले रंगशालाभित्र सवारी साधनमा रोक लगाएको सूचना नै मुख्य गेटमा टाँसेको छ । सवारी साधन भित्र लैजाँदा एथलेटिक्सका खेलाडीहरुका लागि निर्माण गरिएका ट्य्राक पुरिने र खाल्डाखुल्डी बन्ने गरेको छ ।

    आर्थिक वर्ष २०७६÷०७७ मा डीपीआर बमोजिम १६ करोड रुपैयाँको लागतमा राष्ट्रिय खेलकुद परिषद्ले वीरगन्जमा बहुउद्देश्यीय कभर्ड हल निर्माण थालेको हो । टाइम बिम निर्माणका लागि सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको थियो । ठेकेदार कम्पनीले १ करोड १३ लाख रुपैयाँमा ठेक्का सकार गरी टाइम बिम निर्माण गरेको छ । चालु आर्थिक वर्षमा सरकारले थप १ करोड रुपैयाँ कभर्ड हलका लागि छुट्याएको छ ।

    मध्यमाञ्चाल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर शिवचन्द्र यादवका अनुसार उक्त रकमबाट माटो पुर्ने र भित्रै प्याराफिट बनाउने योजना छ । ‘कभर्ड हल भित्रै पूर्व र पश्चिमपट्टि चार मिटरसम्मको प्याराफिट निर्माण हुनेछ,’ इन्जिनियर यादवले भने, ‘यसका लागि ठेक्का आह्वानसमेत भइसकेको छ ।

    ’ इन्जिनियर यादवका अनुसार ६५ मिटर लम्बाई र ४५ मिटर चौडाई क्षेत्रफल भएको बहुउद्देश्यीय कभर्ड हलभित्र तेक्वान्दो, कुस्ती, कराते, जुडोलगायतका इन्डोर खेल खेल्ने सुविधा रहने छ ।साभार—कान्तिपुर ÷भूषण यादव

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑