• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गोरुबजारको फुसको छाप्रो, जहाँबाट रामसहाय राजनीतिमा लागे, चम्पादेवी गाईगोठतिर

  • वीरगंज संजाल
  • ७ चैत्र २०७९, मंगलवार २२:१६
  • १४८१

    बारा । काठमाडौंमा उपराष्ट्रपति निर्वाचनका लागि मतगणना भइरहँदा नवनिर्वाचित उपराष्ट्रपतिपत्नी चम्पादेवी कलैया ५ गोरुबजारस्थित आफ्नै घरगोठमा व्यस्त थिइन् । रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचन हुँदै गर्दा भने उनी गाईबस्तुलाई घाँस खुवाउँदै र घरायसी काम गर्दै थिइन् ।

    चम्पादेवी घरायसी काममा व्यस्त रहे पनि श्रीमानले चुनाव जित्दै छन् भन्ने पूर्वसूचना भने पाएकी थिइन् । त्यसो त चम्पादेवी पतिको जितको कामना गर्दै शुक्रबार ब्रत बसेकी थिइन् । तर श्रीमानको जितको खुसीयाली मनाउन राजधानी पुग्न भने उनी सकिनन् ।’काठमाडौं किन जानु भएन त ?’ प्रश्नमा उनले भनिन्, ‘जिम्मेवारी छ, गाइबस्तुलाई खुवाउने, घर बनाउने काम भइरहेको छ । यहाँको रेखदेख गर्नुपर्छ । गाइबस्तु कसरी खान्छ ? के खान्छ ? कसले खुवाउँछ ?’

    घरायसी जिम्मेवारी छाडेर काठमाडौं जानुपर्ने चम्पादेवीलाई खासै जरुरी लागेको छैन । यस्तै जिम्मेवारीले उनी काठमाडौं जान नसकेको बताउँछिन् । यसअघि पनि रामसहायप्रसादले काठमाडौं बोलाउँदा चम्पादेवी घर छाडेर काठमाडौं जान नसकेको बताउँछिन् ।

    पति रामसहायप्रसाद उपराष्ट्रपति बनिसकेपछि भने काठमाडौं जानुपर्छ भनेर छिमेकीहरू भन्छन् । तर उनलाई उपराष्ट्रपतिको कार्यकाल सकिएपछि श्रीमान गाउँमै फर्किएर बस्छन् भन्ने लागेको छ । ‘घरवार र गाईबस्तु छाडेर काठमाडौं कसरी बस्ने ? बस्दिनँ, फेरि त ५ वर्षपछि यहीँ आएर बस्नुहुन्छ । सधैंको लागि कहाँ हो र ?’

    पुर्ख्यौली घर कचोर्वास्थित खेतका रुख विरुवा बिक्री गरी कलैया–५ गोरु बजार छेउमा १२ धुर जग्गा किनेपछि गाईभैंसी पालेर श्रीमानको राजनीति र सन्तानको पढाइ गराएको बताउँछिन् चम्पादेवी । ‘पति शिक्षक हुनुभयो । राजनीतिले सांसद, मन्त्री र अहिले उपराष्ट्रपति हुनुभयो । १ लाखको भैंसी ६५ हजारमा बेचेर जीर्ण घर बनाउँदै छु । छोरा छोरीको पढाइ लेखाइ र घर खर्चले च्याप्न थालेपछि गाईभैंसी पालन गरेँ,’ उनले सुनाइन् ।

    २०६४ मा आफूसँग सल्लाह नै नगरी शिक्षकबाट राजीनामा दिएर रामसहाय राजनीतिमा सक्रिय बनेको सम्झन्छिन् उनी । तर त्यसयता घरखर्च जुटाउन खुबै मेहनत गर्नु परेको थियो । चम्पादेवीका अनुसार त्यसअघिसम्म उनीहरू फुसको घरमै बस्ने गर्थे । तर भत्किएपछि गोरुबजारमा जग्गा किनेर गोठ बनाएको उनले बताइन् ।

    रामसहाय राजनीतिमा सक्रिय हुन थालेपछि चम्पादेवी भने गाईबस्तु पालनमा सक्रिय बन्न थालिन् । त्यही साँघुरो छाप्रोमा तत्कालीन मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव कहिलेकाहीँ बस्न जान्थे । छाप्रो हटाएर, गाईबस्तु बेचेरै पाँच धुरको घडेरीमा चम्पादेवी यतिबेला पक्की घर बनाउन कस्सिएकी छन् । यही नयाँ घरको कामले पनि उनलाई अचेल व्यस्त बनाएको छ ।

    जहाँ पिलर ठडिएको १५ वर्षपछि बल्ल घर बन्न थालेको छ । ‘घरको जगमा घाँसैघाँस उम्रिएको थियो । छतमा चढ्ने भर्‍याङ त्यतिकै अधुरो थियो । घरको छत नै ढलान नभएपछि भर्‍याङको काम नै थिएन । घडेरीमा पिलर ठडिनुअघि यही जगामा फुसको सानो छाप्रो थियो ।’

    नवनिर्वाचित उपराष्ट्रपति यादव २०६४ मा सभासद भएकै बेला पक्की घर बनाउन जग र पिलर उठाएका रहेछन् । तर त्यो पिलरमा छत अझै ठडिएको थिएन । चम्पादेवी अहिले बल्ल छत ढलानको काम गराउँदै छिन् । दुई छोरा र एक छोरीलाई यादव परिवारले इन्जिनियरिङ पढाए । हाल जागिरको लागि लोकसेवा परीक्षाको तयारी गराउन काठमाडौंमै राखेको चम्पादेवीले बताइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑