प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनुपूर्व प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका कामबारे सदनलाई जानकारी गराएका छन्।
उनले संक्रमणकालीन न्याय सरकारको प्राथमिकतामा परेको बताए। यस्तै, उनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको जानकारी गराए।
उनले सरकार देश विकासको नयाँ मोडेलको तयारीमा रहेको बताउँदै कूटनीतिक र आर्थिक नियोगहरूलाई वैदेशिक लगानीका लागि परिचालनको सुरुवात भइसकेको बताए।
सम्बोधनको पूर्णपाठ