• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दाइजोका कारण हत्या सम्बन्धी मुद्दामा सर्वाेच्चले माग्यो थप धरौटी

  • वीरगंज संजाल
  • ४ चैत्र २०७९, शनिबार १७:५७
  • १२०१

    वीरगञ्ज । दाइजोको कारण आफ्नी छोरीको हत्या भएको दावी गर्दै आएका कलामोद्दिन अन्सारीले दायर गरेको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले प्रतिवादीहरुबाट थप धरौटीको माग गरेको छ । न्यायधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले गरेको आदेश बदर गर्दै थप धरौटी माग गरेको हो ।

    पर्साको बहुदरमाई नगरपालिका–२ बैरियाका कलामोदिन अन्सारीले २६ असोज २०७७ मा जेठी छोरी रविनाको वीरगञ्ज महानगरपालिका–१७ अलौं बस्ने साहाजिम मियाँ अन्सारीसँग विवाह गरिदिएका थिए । तर उनी ३ वैशाख २०७८ मा ससुरालमै (घरमा) मृत भेटिएकी थिइन् ।

    कलामोदिनले २४ जेठ २०७८ मा जिल्ला प्रहरी कार्यालय पर्सामा ज्वाइँ साहाजिम, सम्धिनी नुरजहान खातुन र रविनाको जेठानी सफिनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए । दाइजोको विषयमा गालीगलौज र यातना दिने गरेको, झुण्डिएको भने पनि प्रत्यक्षदर्शी कोही नभएको, मृत्यु भएपछि प्रहरीलाई जानकारी नदिएको, घाँटीमा सलको डामसमेत नरहेको जस्ता कारण देखाउँदै कलामोदिनले रविनाको आत्महत्या नभइ हत्या भएको जिकिर गर्दै आएका छन् ।

    उक्त मुद्दामा पर्सा जिल्ला अदालतले १३ असार २०७८ मा ज्वाइँ साहजिम र जेठानी सफिनालाई पुर्पक्षका लागि थुनामा राख्ने र आमा नुरजहानलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    त्यो आदेशलाई ३ असार २०७८ मा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायधीशद्वय सारङ्गा सुवेदी र गणेशप्रसाद बरालको इजलासले उल्टाईदियो । जिल्ला अदालतले थुनामा राख्ने भनेका साहजिम र सफिनालाई पनि जनही १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    उच्च अदालतको आदेश विरुद्ध कलामोदिनले १३ भदौ २०७८ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । त्यसपछि ८ असोज २०७८ देखि २७ माघ २०७९ सम्म १५ पटक पेशी चढ्दा १० पटक हेर्न नभ्याइने भनेर सुनुवाई भईरहेको थिएन् । १६ औं पटकको पेशीमा फागुन २६ गतेको संयुक्त इजलासले भने उच्च अदालतको आदेश बदर गरी थप धरौटीको माग गरेको हो ।

    प्रतिवादीहरुबाट जनही १ लाख रुपैयाँ धरौटी लिई पुर्पक्ष गर्ने गरी भएको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जबाट ०७८ असार २४ गते अदेश भएकोमा अत्यन्त कम धरौटी मागिएको देखिँदा उक्त आदेश बदर गरिदिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

    प्रतिवादीहरु सफीना भन्ने मोफिना खातुन, र साहाजिम अन्सारीबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम जनहि ५ लाख धरौटी, जमानत वा बैंक जमानत दिए लिनु, दिन नसकेमा कानून बमोजिम थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नु भनी उल्लेख गरिएको छ । सर्वोच्चको आदेशपछि दुई वर्षदेखि देखि थुनछेकमै अल्झिएको कर्तव्य ज्यान मुद्दाको कारबाही प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।

    कलामुदिनले न्यायको आशा पलाएको प्रतिक्रिया दिएका छन् । नारायणी अस्पतालका चिकित्सकले बनाएको पोष्टमार्टम रिपोर्टमाथि समेत प्रश्न उठाउँदै आएका उनले आफू अन्यायमा परेकोले अदालतबाट न्याय पाउनुपर्ने माग गरे ।

    ‘प्रहरी जाँदा छोरी झुण्डिएको अवस्थामा भेटिएको हैन, ढोका पनि खोलिसकेको थियो, शव खाटमा सुताइएको थियो,’ उनले भने, ‘घाँटीमा पनि आधा इन्चको मात्रै निल डाम छ भनिएको छ । झुण्डिन प्रयोग गरिएको भनिएको कपडा पनि नयाँ थियो, न काटिएको थियो, न च्यातिएको । कसरी आत्महत्या हुन्छ ?’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑