• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    BS Television Live

    होमपेज / Breaking News

    काठ माटोमा परिणत हुँदै

  • वीरगंज संजाल
  • ४ चैत्र २०७९, शनिबार १७:४२
  • २४१

    बारा । काठमाडौ–तराई÷मधेस दु्रतमार्ग आयोजना निर्माणको क्रममा सेनाले कटान गरेका काठ माटोमा परिणत हुँदैछ । पूर्व–पश्चिम राजमार्गको दु्रतमार्ग जिरो पोइन्टसँगै घाटगद्दी गरेर राखिएका केही काठ आगलागीले नष्ट भए भने अधिकांश काठ कुहिएर माटोमा मिलिसकेका छन् । यी काठ आयोजना निर्माणको क्रममा आर्थिक वर्ष २०७४÷०७५ मा कटान भएका हुन् ।

    निजगढ नगरपालिकाभित्र रहेका कछडिया, जनहित, बाघभैरव, बकैया नागमणी सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रबाट कटान भएका काठ लामो समयसम्म अलपत्र परेका हुन् । अधिकांश कुकाठ प्रजातिका रुख आयोजनाले हतारमा कटान गर्नु र हस्तान्तरणमा ढिलाई गर्दा घाटगद्दीमै कुहिन थालेको सामुदायिक वन पदाधिकारीहरुको गुनासो छ ।

    ‘यसमा रुख कटान गर्दा नै सेनाबाट सबैभन्दा ठुलो गल्ती भएको छ, सेनाले आफूखुसी बेसाइजमा रुख काट्दा न उपभोक्ताले लैजान चासो देखाए, न ठेकदारले उठाए,’ बकैया नागमणी सामुदायिक वनका एक पदाधिकारीले भने, ‘दोस्रो कुरा, वैज्ञानिक वन व्यवस्थापनका नाममा देशभर नै घाटगद्दीमा भएको काठ नचलाउनु भन्ने आदेश आयो । त्यही बेला कोभिड १९ का कारण काठको ठेक्का लाग्न सकेन ।’

    सरकारले दु्रतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि आयोजना कार्यालयले सामुदायिक वन पदाधिकारी र प्राविधिकहरुसँग समन्वय नै नगरी बेसाइजमा रुख कटान गर्दा पनि ठेक्का लाग्न समस्या भएको सामुदायिक वनको भनाइ छ । सामान्यतया उपभोक्ताले घरायसी प्रयोजनका लागि ७ देखि ९ फिटसम्म लम्बाई भएको काठ बढी प्रयोग गर्ने गर्दछन् तर सेनाले ७ फिट देखि १७ फिट सम्मको साइजमा रुख कटान गरेको थियो ।

    कछडिया सामुदायिक वनका अध्यक्ष विरेन्द्र ठाकुरले पटकपटक सूचना निकाल्दा पनि ठेकेदारले काठ सकार नगरेपछि सबै काम नलाग्ने गरी कुहिएर माटो भइसकेको बताए । ‘हाम्रो सामुदायिक वनको ५ हजारभन्दा बढी क्युफिट काठ त आगलागीले डढेर नष्ट भयो, बाँकी भएको पनि सबै कुहिएर माटो भइसक्यो,’ उनले भने, ‘सेनाले जस्तो पायो त्यस्तै साइजमा गोलिया बनाएको थियो । त्यो काठ उपभोक्ताले पैसा तिरेर लिन मानेनन्, सेनाले काठ हस्तान्तरण प्रकिया पूरा गर्नै १ वर्ष लगायो । त्यतिबेलासम्म कुहिन थालिसकेको थियोे ।’

    उपभोक्ताले काठ लिन इच्छा नदेखाएपछि सम्बन्धित सामुदायिक वनले पटकपटक ठेक्का सूचना निकालेका थिए । कछडिया सामुदायिक वनले तेस्रो पटकसम्म निकालेको सूचनामा ठेकेदार कम्पनीले ठेक्का सकार गरे पनि घाटगद्दीमा काठ कुहिएको देखेपछि काठ उठाउन नमानेको अध्यक्ष ठाकुरले बताए ।

    दु्रतमार्ग निर्माणको क्रममा आव २०७४÷०७५ मै छपान भएका १२ हजार ४५७ रुखमध्ये हालसम्म ५ हजार ४५ रुख कटान भइसकेको छ । गत वर्षसम्म कटान भएको रुखबाट मात्रै करिव ५१ हजार क्युफिट काठ आयोजना निर्माणको क्रममा उत्पादन भएको छ । ढिलो गरेर हस्तान्तरण भएको काठलाई सरकारी दररेटमध्येकै पनि उच्च मूल्यमा ठेक्का सूचना निकाल्दा घाटगद्दीबाट काठ उठ्न नसकेको वन कर्मचारीहरुको भनाइ छ । सामान्यता कुकाठहरु कटान भएको वर्ष दिनभित्र प्रयोगमा ल्याइसक्नु पर्दछ ।

    डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत जवाहर कुर्मीले काठको हैसियत बिग्रिए पनि राजस्व दररेटमा घटाउन नमिल्ने तर प्रदेश निर्देशकको नेतृत्वमा रहेको समितिले स्थलगत निरीक्षण गरेर लगत कट्टा गर्नसक्ने कानुनी व्यवस्था रहेको बताए । उनले भने, ‘भर्खरै आएको वन नियमावली २०७९ मा प्रदेश निर्देशकको नेतृत्वमा रहेको समितिलाई कम दररेट राखेर लिलाम गर्ने कि लगत कट्टा गर्ने निर्णय गर्न पाउने अधिकार छ ।’

    कुन सामुदायिक वनबाट कति रुख काटिए ?

    काठमाडौं–तराई÷मधेस दु्रतमार्ग निर्माणको क्रममा आव २०७४÷०७५ देखि रुख कटान सुरु भएको हो । जसमध्ये निजगढ नगरपालिका वडा नं ४, कछडिया सामुदायिक वनमा १ हजार ९२३ रुख छपान भएकोमा तीन चरणमा ३१३ वटा रुख कटान भइसकेको छ । जसमध्ये चालु आर्थिक वर्षमा कटान भएको ४८ वटा रुख बाहेक ९ हजार ३ सय क्युफिट काठ उत्पादन भएको थियो ।

    त्यसैगरी निजगढ नगरपालिका–१० स्थित जनहित सामुदायिक वनमा १ हजार १५ रुख छपान भएकोमा पहिलो चरणमा ६४३ रुख कटान भएको थियो भने गत वर्ष ७४ वटा र चालु आवमा २० वटा गरी ७३७ रुख कटान भएको छ । जसबाट ५ हजार ५०९ क्युफिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।


    सोही आयोजना निर्माणको क्रममा निजगढ नगरपालिका–४, स्थित बाघभैरव सामुदायिक वनमा १ हजार ७४२ रुख छपान आदेश भएकोमा पहिलो चरणमा १ हजार ५१० रुख, दोस्रो चरणमा ७ वटा रुख कटान हुँदा ८ हजार ६१६ क्युफिट काठ उत्पादन भएको थियो ।

    सोही आयोजनाभित्र रहेको निजगढ नगरपालिका–८ स्थित बकैया नागमणी सामुदायिक वनमा ५ हजार ६८० रुख छपान आदेश भएकोमा पहिलो चरणमा १ हजार २१३ रुख कटान हुँदा १३ हजार ८९३ क्युफिट काठ उत्पादन भएको थियो । दोस्रो चरणमा चालु आर्थिक वर्षमा ७७२ रुख कटान भइरहेकाले यसको तथ्याङ्क भने आइनसकेको डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत जवाहर कुर्मीले जनाए ।

    ४ वटा सामुदायिक वन बाहेक निजगढ नगरपालिका–१० मा रहेको राष्ट्रिय वन क्षेत्रबाट पनि २०७५÷०७६ मा २ हजार ९७ रुख छपान हुँदा हालसम्म ५५६ रुख कटान भइसकेको छ । जसबाट १३ हजार ५७६ क्युफिट काठ उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मै छपान आदेश पाएका रुखको हकमा पनि सेनाले डिभिजन वन कार्यालयसँग कटान आदेश लिएर चरणचरणमा कटान गरिरहेको छ ।

    नयाँ कटान भएका काठ पनि जोखिममा पर्ने चिन्ता

    दु्रतमार्ग आयोजना कार्यालयले विगतमा छपान गरेका रुखहरु चालु आर्थिक वर्षमा पनि कटान गरिरहेको छ । घाटगद्दीमा राखिएका ती काठ पनि सेनाले हस्तान्तरणमा ढिलाई गरे यसपटक पनि उपभोक्तासम्म पुग्दा काठको हैसियत बिग्रिन सक्ने कछडिया सामुदायिक वनका अध्यक्ष ठाकुरको भनाइ छ ।

    ‘सेनाले बिगतको गल्ती सच्चाएर यसपटक प्राविधिक टोली सहित, सामुदायिक वनका पदाधिकारीको रोहवरमा कटान गरेकाले यसपटक त्यस्तो नहोलाजस्तो लाग्छ,’ उनले भने । यता आयोजना कार्यालयले पनि सुरुमा रुख कटान गर्दा प्राविधिक त्रुटि भए पनि यसपटक समयमै हस्तान्तरण गर्ने जनाएको छ ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य
  • महोत्तरीमा बाबुबाट बालिका बलात्कृत
  • अस्पतालको रकम हिनामिना
  • आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    अस्पतालको रकम हिनामिना

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ

    टाटासुमो दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो, १० मध्ये तीन जना घाइतेको अवस्था गम्भीर

    जासुसीको आरोपमा रूसले नियन्त्रणमा लियो अमेरिकी पत्रकार

    सप्तरीमा टायर पेन्चर भएर कार पल्टिँदा एक जनाको मृत्यु, तीनजना घाइते

    कारबाहीबाट जोगिन राजीनामा

    चितवनको रामपुरमा क्याम्पस प्रमुखको मिलेमतोमा बुथकब्जा – नेवीसंघका विद्यार्थीमाथि कुटपिट

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    अस्पतालको रकम हिनामिना

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    News

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    News

    अस्पतालको रकम हिनामिना

    News

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    News

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑