• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो

  • वीरगंज संजाल
  • ४ चैत्र २०७९, शनिबार १७:३४
  • १४०९

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचन लड्ने बाटो खुलेको छ । बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपेन्द्रका लागि संसद् छिर्ने बाटो बनेको हो । गत निर्वाचनमा सप्तरी–२ मा पराजित भएपछि अब बारा–२ मा उपचुनाव लड्न अध्यक्ष यादवले सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूबीचमा समेत तालमेल मिलाइसकेका छन् । उपराष्ट्रपतिमा निर्वाचित यादवले नेकपा एमालेको सहयोगमा चुनाव जितेका थिए । अध्यक्ष यादव भने अब कांग्रेस र माओवादी केन्द्रसहित दलको समर्थनमा चुनाव जित्ने दाउमा छन् । तर, उपराष्ट्रपतिको निर्वाचनसँगै उनलाई रोक्न मधेशमै अर्को गठबन्धन बनिसकेको छ ।

    मधेशी जनअधिकार फोरममार्फत् मधेश आन्दोलन र सडक संघर्ष गरेर राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र तीन पटक उपप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री बनिसकेका छन् । तर, यो अवधिमा मधेशका मुद्दा सम्बोधनभन्दा पनि सत्ता र संसद्बाहिर अडिन नसक्ने नेता भन्दै उपेन्द्रको संसदीय यात्रा रोक्न जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितले मोर्चाबन्दी गरेका छन् ।

    जनमत पार्टीले उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका जसपाका नेता यादवविरुद्व ममता झालाई उम्मेदवार बनाएको थियो । गत निर्वाचनमा पनि यादवलाई जनमतले नै रोकेको थियो । सप्तरी–२ बाट उम्मेदवार अध्यक्ष यादवलाई जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । अब उनी बारा–२ बाट चुनाव लड्ने तयारीमा लागेका छन् ।

    त्यसो त उपेन्द्रका लागि चुनाव क्षेत्र फेर्नु उति ठूलो कुरा भने होइन । सुरुमा पूर्वी तराईबाट चुनाव लडेका यादव अब भित्री मधेश पसिसकेका छन् । उनी ०४८ सालको निर्वाचनमा सुनसरी–४ बाट चुनाव लडेका थिए । ०६४ र ०७० मा भने उनी सुनसरी–५ बाट चुनाव लडे । ०७४ को निर्वाचनमा उनी सप्तरी–२ आइपुगे । यसपटक दोहोरिएर निर्वाचित हुने उनको चाहनामा ब्रेक लागेपछि अब उनी बारा–२ माबाट फेरि संसद् छिर्ने दाउमा छन् ।

    तर यादवका लागि कांग्रेस–माओवादीले साथ दिएपनि उपराष्ट्रपति निर्वाचनसँगै देखिएको मधेशवादी दलको नयाँ मोर्चाबन्दी चुनौती बन्न सक्ने देखिएको छ ।

    निर्वाचन आयोगले यसअघि रिक्त भएको चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ भने रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको तनहुँ–१ र उपराष्ट्रपतिमा निर्वाचित भएका यादवको बारा–२ मा उपनिर्वाचन गर्नेबारे निर्णय लिएको छैन । यी क्षेत्रमा सकेसम्म वैशाख १० भित्रै चुनाव गर्ने कोसिस गर्ने निर्वाचन आयोगका अधिकारीहरुले बताउने गरेका छन् ।साभार— कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑