वीरगन्ज । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल अग्रवाल पटवारी निर्वाचित भएका छन्। मंगलबारको निर्वाचनबाट अध्यक्षमा पटवारी निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्षमा पटवारीसँगै संघका सम्पूर्ण पदाधिकारी निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए।
यसअघि संघको ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो। त्यही मध्येबाट पदाधिकारी चयन गर्नु पर्ने संघको विधानअनुसार मंगलबार भएको निर्वाचनमा अध्यक्षसहित सबै ११ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा हरि गौतम, उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष लाठ, कोषाध्यक्षमा शिवजीप्रसाद साह कलवार, उद्योग सचिवमा सुशान्त चाचान, वाणिज्य सचिवमा प्रेमचन्द गोयल चयन भएका छन्। सहकोषाध्यक्षमा अनोज रूंगटा तथा सहसचिवमा नरेश टिवडेवाल र निरज अग्रवाल सर्वसम्मत भएको खरेलले बताए। उपाध्यक्ष पदमा भने माधव राजपाल र अरविन्द अमात्य दुई जनाको उम्मेदवारी परेपनि समझदारीमा राजपाल निर्विरोध निर्वाचित भए।