काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंबाट फैसाल भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
विशेष अदालतबाट फैसला भएका सार्वजनिक सम्पत्ती हानिनोक्सानी र घुसररिसवत गरी ४ मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।
अख्तियारले चेतनाथ भारती,बद्री भण्डारी,गजेन्द्रप्रसाद जायसवाल र मेघनाथ रेग्मी प्रतिवादी रहेका मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो। विशेषबाट विभिन्न मितिमा फैसलामाथि आयोगलाई चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन दिएको अख्तियारले जनाएको छ।