• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    राजनीति मतदाता नामावली विवादका कारण वीरगन्जको ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा

  • वीरगंज संजाल
  • Mar 14, 2023, 9:05 pm
  • ६०५

    वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनअन्तरगत मतदाता नामावलीका विवादका कारण अन्यौलमा परेको छ । मतदाता नामावलीका विषयमा विधार्थी संघसंगठन र क्याम्पस प्रशासनबीच पटकपटक हुँदै आएको विवादका कारण स्ववियु निर्वाचन अन्यौलमा परेको हो । मतदाता नामावलीकै बारे विधार्थी संघसंगठनले विवाद गरेपछि निर्वाचन समितिले चैत ५ मा हुने निर्वाचन , तीन दिनपछि धकेलेर चैत ८ गते गर्ने गरि सोमबार साँझ नयाँ मतदाता नामावलीसहित संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको थियो । तर, सोमबार साँझ सार्वजनिक मतदाता नामावलीप्रति फेरि विवाद जनाउँदै विधार्थी संघसंगठनहरूले मङगलबार बिहान क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका छन् । यसले चैत ८ मा निर्वाचन समितिले तोकेको निर्वाचन फेरि अन्यौलमा परेको हो ।

    सोमबार साँझ निर्वाचन समितिले ९ हजार ७ सय मतदाता सहितको मतदाता नामावली प्रकाशन गरेको हो । तर फोटोसहितको मतदाता नामावली प्रकाशन गर्नुपर्ने माग राख्दै मङगलबार बिहान नेपाल विधार्थी संघ , अनेरास्ववियु ,अखिल क्रान्तिकारी ,समाजवादी विधार्थी युनियनले क्याम्पस प्रमुखको कार्यकक्ष ,निर्वाचन समितिको कार्यालय , सूचना प्रविधि शाखा र विधार्थी कल्याण तथा खेलकुद शाखामा तालाबन्दी गरेका हुन् । फोटोसहितको मतदाता नामावली प्रकाशन र मतदाता विधार्थीहरूको परिचयपत्र वितरण गरेपछि मात्र निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने आफूहरूको माग रहेको समाजवादी विधार्थी युनियनका क्याम्पस इकाई उपाध्यक्ष शशी सर्राफले बताए । यी दुवै काम नभए सम्म निर्वाचन प्रकृया अगाडि बढ्न नदिने भन्दै उनले क्याम्पस प्रशासनले बेवास्ता गरे सम्पूर्ण विधार्थी संघसंगठनहरु आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

    यअघि फागुन २१ गते क्याम्पस प्रशासनले प्रकाशन गरेको मतदाता नामावलीप्रति पनि विरोध जनाउँदै फागुन २६ गते विधार्थीले क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी नै गरेका थिए । फागुन २१ गते क्याम्पसले प्रकाशन गरेको मतदाता नामावलीमा मतदाता संख्या १० हजार २३२ थियो । तर विधार्थी संघसंगठनहरुले १ हजार भन्दा बढि फर्जि विधार्थीको नाम समेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै विरोध जनाएका थिए । त्यसपछि क्याम्पस प्रशासनले तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित गरि मतदाता नामावलीबारे उत्पन्न विवाद सुल्झाउन छानबिन समिति गठन गरेको थियो । सहायक क्याम्पस प्रमुख अनिल कुमार रमनको संयोकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा निर्वाचन समितिले सोमबार साँझ ९ हजार ७०० मतदाता सहितको नयाँ मतदाता नामावली र चैत ८ मा निर्वाचन गर्ने गरि संशोधित निर्वाचन तालिका प्रकाशन गरेको हो ।

    नयाँ निर्वाचन तालिका अनुसार ,मंगलबार उम्मेदवारको मनोनयनपत्र (समानुपाति र प्रत्यक्ष दुवै) वितरण र बुधबार मनोनयनपत्र दाखिलाका लागि समय तोकिएको छ । तर मंगलबार विधार्थी संघसंगठनहरुले क्याम्पसमा तालाबन्दी नै गरेपछि यसले अब चैत ८ मा हुने भनिएको निर्वाचन पनि अन्यौलमा परेको छ । निर्वाचन अधिकृत रोशन लामिछानले भने त्रिविको स्ववियु निर्वाचन निर्देशिका अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले काम गरिरहदा पनि विधार्थी संघसंगठनहरुले विभिन्न विवाद खडा गरिरहेकाले समस्या परेको बताए ।
    फोटोसहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने निर्देशन नै नभएको उनले बताए । मतदाता विधार्थीहरुको परिचयपत्र बनाउने काम भइरहेको जानकारी दिँदै उनले भने ,‘ यो विषयलाई लिएर विवादगर्नुको कुनै अर्थ छैन , क्याम्पस प्रशासनले परिचयपत्रको व्यवस्थापन गरि नै हाल्छ ,त्यसका कारण विधार्थीले तनाव लिनु र विवाद गर्नु जरुरी छैन । क्याम्पसका विभिन्न शाखामा गरिएको तालाबन्दीका सन्दर्भमा निर्वाचन अधिकृत लामिछानेले भने,‘तालाबन्दीले कुनै असर पर्दैन ,चैत ८ मै निर्वाचन हुन्छ ,त्यसका लागि क्याम्पस प्रशासनले विधार्थीहरुसँग छलफल गरेर निर्धारित तालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउँछौं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑