वीरगन्ज । भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू बरामद भएको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा फागुन २८ गते करिब ६:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वाचोक स्थितबाट बरामद भएको छ ।
अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको विर्ता वडा प्रहरीबाट खटेको टोलिले दुई लाख उन्नतीस हजार छ सय नवे बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू बरामद गरेको छ ।
बरामद गरिएको समानहरु आवश्यक कारवाहीको लागि फागुन २९ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरिले बताउनु भएको छ ।