• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    राष्ट्रपतिले सँगै जेल बसेका साथीलाई शपथ ग्रहणमा बोलाएपछि…

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०७९, सोमबार २१:२७
  • १२५३

    काठमाडौं। बागलुङका डिलप्रसाद सापकोटा (सापकोटा बाजे) आफूले सहयोग गरेको व्यक्ति राष्ट्रपतिजस्तो गरिमामय पद सम्हाल्न पुगेकामा हर्षविभोर छन्।

    “म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल) को राम्रो सेवा गर्न पाएकामा। जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको दुःख कहिल्यै भुल्नु भएन। मलाई फोन गरिरहनुहुन्थ्यो, घरमा पनि पटकपटक आउनुभयो”, सापकोटाले भने।

    राष्ट्रपति पौडेल तत्कालीन समय बागलुङ जेलमा बस्दा दूध पुर्‍याउने डिलप्रसाद सापकोटालाई पनि शपथग्रहण समारोहमा बोलाइएको थियो। घरायसी कारणले शपथ समारोहमा आउन नपाएका सापकोटाले एक साताभित्रै राष्ट्रपतिलाई भेट्ने योजना रहेको सुनाए।

    राष्ट्रपति पौडेल विसं २०४६ को जनआन्दोलनका क्रममा सङ्गठन बनाउने क्रममा बागलुङ पुगेका थिए। सङ्गठन गरेर फर्किने क्रममा पर्वतमा पुगेपछि पक्राउ परेका थिए।

    पक्राउपछि पौडेललाई बागलुङ जेलमा राखियो। त्यतिखेर बागलुङ काठेखोला गाउँपालिका–६ का सापकोटा गाउँमा दूध जम्मा गरेर सहरमा लगेर बिक्री गर्ने काम गर्थे। सोही क्रममा पौडेलसँग भेटघाट र चिनाजानी भएको थियो।

    सहयोग गरेको व्यक्ति राष्ट्रपति बने पनि सापकोटालाई व्यक्तिगत लाभका लागि कुनै अपेक्षा छैन। “सिर्फ संस्थाको गरिमालाई कायम राखी जनताको विश्वास र भरोसालाई कायम राखेर पदीय जिम्मेवारी पूरा गरिदिए पुग्छ”, उनले भने।

    बागलुङ कांग्रेसमा आबद्ध ६३ वर्षीया सापकोटा अहिले पनि सामान्य खेती किसानी गर्छन्। उनले भने, “पौडेल जेल बस्दा दुध लगेर खुवाउँथे, गाउँबाट मकै भटमास भुटेर लैजान्थेँ, साथमा पत्रपत्रिका पनि किनेर लगिदिन्थेँ।”

    सङ्घर्षपछिको सफलता नै सार्थक जीवनको खुसी हो। दुःख, सङ्घर्ष र हैरानी दैनिकीसँग जोडिएका कुरा हुन्। पञ्चायतकालीन राजनीतिको रापले पौडेलको जीवनमा अनेकन मोड ल्यायो। तर पनि आत्मविश्वास कहिल्यै खस्केन।

    आस्था र विश्वासको दियो निभेन। त्यसैले त सफलताको शिखर चुन्न सफल हुनुभयो राष्ट्रपति बनेर। जेल जीवन जिउँदा पनि राष्ट्रपति पौडेलमा कुनै निराशा थिएन। मुहारमा कान्ति छाएकै हुन्थ्यो। “हाम्रो आन्दोलन सफल हुन्छ, हामी सफल भएरै निस्कन्छौँ भन्नुहुन्थ्यो”, पौडेललाई जेलमा भेट्दाको अनुभव सुनाउँदै सापकोटाले भने।

    बागलुङ काठेखोला–५ का रघुपति शर्माले राष्ट्रपति पौडेलसँगै जेल बसेका थिए। उनलाई पनि राष्ट्रपतिको शपथमा काठमाडौँ बोलाइएको थियो तर कारणवश आउन पाएनन्। “राष्ट्रपति पौडेलसँग जिल्ला प्रहरी कार्यालयको कारागार र बागलुङ कारागारमा गरी ९९ रातसँगै बसेको थिएँ। उहाँलाई नजिकबाट चिनेको छु, सबैलाई राम्रो व्यवहार गर्ने सरल र सादगी व्यक्तित्व हुनुहुन्थ्यो”, शर्माले भने।

    शर्माका अनुसार सङ्घ संस्था ऐन, २०१७ अनुसार तत्कालीन समयमा पौडेलसहित सङ्गठनमा सक्रिय १० जनालाई जेल पठाइएको थियो। पौडेल जेलमा रहँदा बिहान सबैरे उठ्ने, किताब लेख्नुका साथै देश, लोकतन्त्र र मानव अधिकारका विषयमा जेलमै कक्षा सञ्चालन गर्थे। उनले भने, “पौडेल पढेलेखेको मान्छे हामीलाई जेलभित्रै कक्षा दिनुहुन्थ्यो, असाध्यै शालीन र सरल व्यक्ति हुनुहुन्थ्यो।”

    शर्माले राष्ट्रपति पौडेलको कार्यकालमा देशमा राजनीतिक स्थायित्व कायम भई जनताभित्र पलाएको निराशालाई आशामा बदलेर देशको स्वतन्त्र अभिभावक बन्ने विश्वास व्यक्त गरे। पौडेलसँगै जेल पर्दा शर्मा तत्कालीन समयमा नेपाल विद्यार्थी सङ्घ बागलुङको सचिव थिए।

    शपथ समारोहमा बोलाइएका गोविन्द कँडेल पौडेलसँगै जेलमा बसेका थिए। जेल जीवन बिताउँदाको साथी राष्ट्रपति बनेपछि शीतल निवास पुगेर बधाई दिएर खुसी साटे। लामो राजनीतिक जीवन सङ्घर्षमा सादगी र सरल राजनीतिज्ञको छवि बनाएका पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन्।

    राष्ट्रपति पौडेलले आफूसँग जेल जीवन बिताएका व्यक्तिलाई आज शपथ ग्रहण समारोहमा बोलाएका थिए। पञ्चायती शासन व्यवस्थामा जेल पर्दा आफूसँगै रहेका व्यक्तिलाई राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण समारोहमा अतिथिका रूपमा बोलाएका हुन्। इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मालाई शपथ ग्रहणमा आमन्त्रण गरिएको थियो।

    राष्ट्रपति पौडेलले आज शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। राष्ट्रपति पौडेलको जन्म आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो। उनकी श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, सङ्ज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) छन्।

    भरतपुर कब्जा गर्ने कांग्रेसको तत्कालीन सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं २०१८ मा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोगेका पौडेलले विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार हुनुका साथै त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनका क्रममा राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका थिए।

    मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेलको स्थायी बसोबास व्यास–८ बेलथुम्की तनहुँ हो भने हालको ठेगाना काठमाडौँ–१६ बोहोराटार बालाजु हो। उनले शास्त्री (संस्कृत साहित्य, २०२४(, स्नातकोत्तर (नेपाली साहित्य २०२७) सम्म अध्ययन गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑