वीरगन्ज | पर्साको सखुवाप्रसौनी गाँउपालिकामा सोमबार देखि नकआउट भलिबल प्रतियोगिता शुरु भएको छ ।सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ३ कौवावन कटैया स्थित खेलमैदानमा आयोजित प्रतियोगिताको सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको पहिलो दिन दुइ वटा खेल सम्पन्न भएको छ । पहिलो खेलमा सखुवाप्रसौनी गाउँपालिकाको टिमले कर्मचारीको टिमलाई ३–२ को सेटमा पराजित गर्दै जित हासिल गरेको छ । सोमबार नै भएको दोश्रो खेलमा भने विन्दवासीनी गाँउपालिकाको टिम विजयी भएको छ । उसले ३–० को सोझो सेटमा बहुदरमाइ नगरपालिकाको टिमलाइ पराजित गरेको हो ।प्रतियोगितामा मंगलबार कालिकामाई गाँउपालिका र धोबिनी गाँउपालिका बिच प्रतिस्पर्धा हुने आयोजक द ग्रेट युवा क्लब कौवावन कटैयाका सचिव अनिरुद पटेलले जानकारी दिए ।
सखुवाप्रसौनी गाउँपालिकाको आर्थिक सहयोगमा द ग्रेट युवा क्लब कौवावन कटैयाले पर्साको आयोजना गरेको प्रतियोगितामा वीरगन्ज महानगरपालिका , सखुवाप्रसौनी गाँउपालिका, बहुदरमाई नगरपालिका,बिन्दवासीनी गाउँपालिका,कालिकामाई गाउँपालिका, धोबीनी गाँउपालिका , पटेर्वासुगौली गाउँपालिका गरि ८ वटा टिमले भाग लिएका छन् । उक्त प्रतियोगिता चैत २ गते सम्म सन्चालन हुने स्थानीय सन्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए ।
आयोजक क्लबका अध्यक्ष पुर्णवासी पटेलको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारु,वडा नम्बर २ का वडाअध्यक्ष चिरञ्जीवी महतो थारु,वडा नम्बर ३ का वडाध्यक्ष मोजामिल अन्सारी ,वडा नम्बर ४ का वडाध्यक्ष मोहम्द आरिफ लगायतको पनि उपस्थिती थियो । मधेसखबर