वीरगंज । उच्च पहुँच र धनाढ्य नेशनल मेडिकल कलेज तथा शिक्ष्Fण अस्पताल वीरगंज र काठमाडौं मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीको छोरा भाइ–भतिजाले होलीकाण्ड मचाउंदा पर्सा प्रहरीले कानूनी डण्डा चलाएपछि अन्सारीको उच्च राजनैतिक पहुंच र पैसाले काम गरेन ।घटना विवरण अनुसार होलीको अवसरमा वीरगंजको आदर्शनगरस्थित बसपार्कमा रंगारंग कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा सहभागी हुन गएका प्रबन्ध निर्देशक अन्सारीका छोरा, भतिजाहरुले मदिरा सेवन गरेर लठ्ठ भएर होहल्ला गरेका थिए । कार्यक्रम समापन भएपछि फर्कने क्रममा वीरगंजको घण्टाघर र बसपार्कको बीचमा रहेको एउटा रेष्टुरेन्टमा युवतीमाथि दुव्र्यवहार गरेका थिए ।
रेष्टुरेन्टमा सन् २०१६ का मिस्टर वीरगंज र थुप्रै म्युजिक भिडियोमा मोडेलिङ गरेका निर सर्राफ (निर्मल)र एकजना युवती चिया पिएर गफ गरिरहेका थिए । अन्सारीका छोरा र भतिजाहरुले केटाकेटीलाई
देखेर मदिराले मात्तिएकै अवस्थामा युवतीमाथि दुव्र्यवहार गर्नथाले ।
एक्लो निरले प्रतिवाद गर्दा केही बेर दोहोरो झडप समेत भयो । घटनाको सूचना पाउनासाथ बसपार्क प्रहरीले घटनास्थलमा पुगेर स्थितिलाई साम्य पार्ने प्रयास गरे तर मदिराले मात्तिएका अन्सारीका छोरा भतिजा प्रहरीमाथि नै जाइलागेका थिए । धाक धम्की दिएर अभद्र व्यवहार समेत गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय, पर्साबाट थप प्रहरी टोली बोलाइयो र उद्दण्ड व्यवहार गर्नेहरुमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीद्वारा पक्राउ पर्नेमा अन्सारीका छोरा २५ वर्षीय जहागिर अन्सारी, भतिजा ३१ वर्षीय फिरोज अन्सारी, २७ वर्षीय ताहिर अन्सारी, २४ वर्षीय फिरोज अन्सारी, २७ वर्षीय ताहिर अन्सारी, २४ वर्षीय आशीष साह, २४ वर्षीय आदित्य गिरी रहेका थिए ।
उनीहरु पक्राउ परेको सूचना पाउनासाथ बसरुद्दीन अन्सारीले आफनो उच्च
पहुंचको प्रयोग गर्दै ६ जनालाई छाड्न प्रहरीलाई दबाव दिन थाले । उच्च
तहका नेताहरुद्वारा एसपी कोमल शाहलाई दबाब दिन लगाए तर एसपी शाह शक्ति केन्द्र सामु नझुकी ६ जनामाथि मुद्दा चलाएर अदालतमा हाजिर गराई सात दिनको म्याद लिएपछि उच्च पहुंच भएका बसरुद्दीन अन्सारी उनका भाइ नेपाल औषधि व्यवसायी संघ नारायणीका अध्यक्ष्F ताजुद्दीन अन्सारीको केही दाल गलेन । त्यसपछि मुद्दा दर्ता हुन नदिन पीडित पक्षलाई धाक धम्की प्रलोभन दिन थाले तर निर सर्राफका पिता पत्रकार प्रेम सर्राफले आफू कोही कसैको दबावमा नपरी म्यादभित्र मुद्दा दर्ता गर्ने बताएका छन् । उनले बाबुबाजेको उच्च पहुंचको भरमा उद्दण्ड व्यवहार गर्नेहरुमाथि कानून बमोजिम कारबाही हुनुपर्ने पनि बताएका छन् ।