वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगञ्ज सामुदायिक आँखा अस्पताल र प्रभु अस्पतालसँगको सहकार्यमा आयोजना शिविरको आयोजना गरेको हो ।
रुंगटा वेलफेयर सोसाइटी वीरगञ्जको सहयोगमा सम्पन्न शिविरमा २ सय ६० जनाले निशुल्क रुपमा चेकजाँच गराएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । खेतानकाअनुसार १ सय जना पुरुष र १ सय ६० जना महिलाले स्वास्थ्य चेकजाँच गराएका हुन् ।
शिविरमा सामुदायिक आँखा अस्पताल वीरगञ्जका मेडिकल संयोजक महेशसिंह धामी, प्रभु अस्पतालका डा. अस्लम अन्सारी लगायतले चेकजाँच गरेको दिलिपराज कार्कीले जानकारी दिए । कार्कीकाअनुसार शिविरमा चेकजाँच गराएका २ सय ६० जनालाई निशुल्क औषधीसमेत वितरण गरिएको थियो ।
शिविरमा महिला सेल पर्साकी प्रहरी निरीक्षक मनिषा लौडारी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आसुतोष बहादुर शाही, रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा, सामाजिक अभियानता प्रकाश थारु, प्रभु अस्पतालका संजिब कुमार साह लगायतको उपस्थिती रहेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष संजय शर्माले जानकारी दिए ।