• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औँ वार्षिक साधारण सभा सम्पन्न

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०७९, सोमबार ११:३९
  • ११२१

    वीरगञ्ज । बैंकको चर्को ब्याजदरका कारण उद्योग व्यापार टाट पल्टने अवस्थामा पुगेको भन्दै नीजी क्षेत्रले चिन्ता व्यक्त गरेका छन् । उद्योगी व्यवसायी धरासायी अवस्थामा पुग्दा पनि सरकार र राष्ट्र बैंक मुकदर्शक बनेको उनीहरुको आरोप छ । वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उद्योगी व्यवसायीले कोरोना महामारीले थलिएको नीजी क्षेत्र पूरानै लयमा फर्कदै गरेका बेला बैंकहरुको दोहोरो ब्याजदरले झन संकटमा परेको बताए ।

    बैंकहरुको ब्याजदर एकल अंकमा नझारे काठमाण्डौमा मात्र नभइ देशभरमै उद्योगी व्यवपारी सडक आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी पनि दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले चर्को ब्याजदरका कारण उद्योग व्यवसाय टाट पल्टने अवस्थामा पुगिरहेका बेला राष्ट्र बैंकका गर्भनरले गम्भिरतापूर्वक नलिएको टिप्पणी गरे । श्रेष्ठले भने, ‘सरकार पनि सत्ताको जोडघटाउमा व्यस्त छ, राष्ट्र बैंकका गर्भनर उद्योगी र बैंकबीच झगडा लगाएर बसेका छन् ।’

    उद्योग व्यपारीको समस्या बारे सरकार र राष्ट्र बैंकका गर्भनर जानकार भएर पनि बुझ पचाएर रमिते मात्र बनेको श्रेष्ठको आरोप छ । उनिहरुलाई दबाब दिन सडक आन्दोलनमा उत्रिन उनले देशभरका उद्योगी व्यपारीलाई आह्वान पनि गरेका छन् ।

    वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव मधेश प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्माले सरकार र राष्ट्र बैंकले उद्योगी व्यपारीलाई पिडा मात्रै दिने काम गरिरहेको बताए । शर्माले भने, ‘अर्थतन्त्र जस्तो अवस्थाम पुगेपनि बैंकहरुलाई कु्नै असर पुग्दैन किनकि उद्योगी व्यवसायीले ब्याज र ऋण तिर्न सकेन भने बैंकहरुले धितो लिलाम गरि आफनो ऋण असुली हाल्छन्, सडकमा पुग्ने भनेका त उद्योगी व्यवसायी मात्रै हुन् ।’ बैंकहरुको यो नियत बेलैमा बुझेर चर्को ब्याजदर विरुद्ध देशभरका उद्योगी व्यपारी सडकमा उत्रिनु पर्नेमा उनको जोड छ ।

    वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले पनि राष्ट्र बैंकले बैंकहरुको ब्याजदर एकल अंकमा नझारे उद्योगी व्यवसायी टाट पल्टिएर सडकमा पुग्ने बताए । उनले भने, ‘यदि नीजी क्षेत्र टाट पल्टियो भने मुलुकको अर्थतन्त्र पनि धरासायी हुन्छ ।’वीरगञ्ज नाका अन्र्तराष्ट्रिय व्यापार र राजश्व दुवैका लागि महत्वपुर्ण भएपनि सरकारले यहाँका उद्योगी व्यपारीको हित हुने कुनै पनि काम नगरेको अध्यक्ष डा. गुप्ताको गुनासो छ । केहि महिना यता भईरहेको अघोषित लोडसेडींगका कारण पर्सा–बारा औद्योगिक कोरीडोरका उद्योगहरु झन् धेरै धरासायी बन्दै गएको पनि उनको दुखेसो छ ।

    पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य अजय चौरसियाले अहिले देशैभरका उद्योगी व्यापारीहरुले खेपिरहेको समस्याका बारेमा आफुले संसद बैठकमा आवाज उठाउने आश्वासन दिए । वीरगञ्जका नीजी क्षेत्रकै साथ र समर्थनका कारण नै आफु पटक पटक संसदमा पुगेको स्मरण गराउँदै चौरसियाले नीजी क्षेत्रका बास्तविक समस्या संसदमा उठाउने प्रतिबद्धता जनाएका छन् ।

    कार्यक्रममा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, पूर्वअध्यक्ष गणेश लाठ, संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेश प्रदेश महासचिव श्याम बन्जारा, पर्सा अध्यक्ष अनुप तिवारी लगायतले सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑