बिरगंज । युवती सँग दुर्व्यवहार गरेको आरोपमा नेशनल मेडीकल कलेजको प्रबन्ध निर्देशक बसरुद्दिन अंसारीको छोरा सहीत गिरफ्तार भएकाहरुलाई प्रहरीले आज सात दिनकाे म्याद थमाएको छ । दुर्व्यवहारमा परेकी युवती र उनको आफन्तहरुले जाहेरी नदिएपछि प्रहरीले दुर्व्यवहार गरेको आरोपमा मुद्दा चलाएको हो ।
आज जिल्ला प्रशासन कार्यालय पर्साबाट अभद्र मुद्दामा बसरुद्दिन अंसारीका २५ वर्षीय छोरा जहाँगिर अंसारी, ३२ वर्षीय फिरोज अंसारी, ३१ वर्षीय अल्फाज अंसारी, २७ वर्षीय तारीख अंसारी २४ वर्षीय आशीष साह र आदित्य गिरीलाई म्याद थमाइएको पर्साकाे प्रहरी उपरिक्षक कोमल शाहले बताए ।
घटना स्थलमा रक्सीले मातिएको यूवाहरुले प्रहरी संग पनि अल्झेका थिए।पैसाकाे बलमा सधै पावर सेन्टरमा रहँदै आएका बसरुद्दिनको पावर एक्सरसाइज पर्साकाे प्रहरी उपरिक्षक शाहकाे अगाडी काम लागेन । नाम कोमल भए पनि उनको नीति जिरो टोलरेन्सकाे अर्थात कडा रहेकाे छ ।