कलैया । आज ‘नयाँ कदम नेपाल’ प्रसौनी गाउँपालिका बाराले संस्थाका अध्यक्ष रंजीत कुमार पाण्डेयको अध्यक्षतामा सर्वसम्मत निर्णय गरी आजै कलैया उपमहानगरपालिका-४ स्थित अमृता अनाथ आश्रमका बालबालिकाहरूलाई संस्थाको कार्यकारिणी समितिका पदाधिकारीहरूले दमासाही रूपमा व्ययभार वहन गरी होलीको उपलक्ष्यमा भोजन उपलब्ध गराएर परोपकारको पुण्य कार्य गरेको छ ।
यस अवसरमा ‘नयाँ कदम नेपाल’ का पदाधिकारीहरू …
१ रंजीत कुमार पाण्डेय (अध्यक्ष)
२ मनीषा दुबे (उपाध्यक्ष)
३ अनुराधा अधिकारी (सचिव)
४ मकसूद मिया (कोषाध्यक्ष)
५ बृजेश्वर कुमार साह (सदस्य)
६ जाऊलहक अंसारी (सदस्य)
७ कृष्ण कुमारी अधिकारी (सदस्य)
८ प्रमिंद्र राम (सदस्य)
९ मोहन दास तात्मा (सदस्य)
आदि सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ।