पर्सा । राजन कुमार बानिया । पर्साको पोखरियामा रहेको पहिलो रेडियो अाकास एफ एम पोखरिया १०१.९ मेघाहर्ज ले आयाेजना गरेको हाेली मिलन समारोह तथा सांस्कृतिक लाईभ कार्यक्रम सम्पन्न भएकाे छ । पोखरिया नगरपालिका वडा नं ४ पोखरिया शिव मन्दिरको सभाहलमा हाेली मिलन समाराेह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा हाेलीकाे शुभकामना अदानप्रदान गर्नुकाे साथै गायक छोटु राजा, र सुदिप चौरसियाले सिया निकले अवधवा के अोर होलिया खेले रामलला लगायतको होलि गित संगित प्रस्तुती गर्नु भएको थियो । अाकास एफ एम १०१.९ मेघाहर्ज पोखरिया का प्रबन्ध निर्देशक लालबाबु बानिया को अध्यक्षतामा होली मिलान समारोह कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो।
होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रममा बिशिस्ट अतिथी पोखरिया नगरपालिका नगरप्रमुख प्रधुमन प्रसाद चौहान, उपप्रमुख रुबी ठाकुर , पुर्व प्रदेश सांसद पहलाद गिरी, नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी,पुर्व मेयर दिपनारायण रौनियार,पुर्व उपमेयर सलमा खातुन, लोजपा का केन्द्रीय सदस्य नजामुदिन समानी, वाईसियल केन्द्रीय संतोष पटेल,नेकपा माअोबादी का जिराभवानी गाउँपालिका अध्यक्ष रामाकान्त चौधरी , युवा नेता शिव कुमार साह,पोखरिया नगरपालिका को वडा अध्यक्ष लक्ष्मण साह, नवसाद अालम, केदार महतो,,युवा नेता सुजित गिरी , राजु रौनियार लगायत ले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।
अाकास एफ एम १०१.९ मेघाहर्ज ले अायोजना गरेको होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रमलाई लाईभ प्रसारण गर्ने बिरगंज संजाल का कृष्णा श्रीबास्तव, रंजित यादव, रामनिवास कुमार पटेल ,उपेन्द्र साह र अकास एफ एम १०१.९ मेघाहर्जका बिकास पटेल , रामबिश्वास चौधरी, शनि पटेल,पत्रकार राजन बानिया,लगायतले सहयोग गर्नु भएको छ। कार्यक्रम संचालन पत्रकार शैलेश गुप्ता ले संचालन गर्नु भएको थियो। कार्यक्रममा अतिथिहरु लाई गमछा अोढाएर अबिर लगाई सम्मान गरेको थियो।