वीरगंज । वीरगन्ज कारागार परिसरमा रहेको समता स्कुलमा शुक्रबार होली महोत्सव कार्यक्रम सम्पन्न भएको छ । युनाइटेड नेपाल फाउण्डेसन र वेल वीसर्सले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले समता स्कुलमा अध्यनरत कैदीबन्दीका बालबालिकाहरुसंग रंगअबीर खेलेर होली मनाएका छन् ।
बालबालिकासंग होली खेल्दै उपमेयर आलमले होली रंग अबीरको पर्ब भएकाले उच्छृंखल तरिकाले नभइ सभ्य रुपमा मनाउन कार्यक्रममा सहभागीहरुलाइ आग्रह पनि गरे ।
कार्यक्रममा उपमेयर आलमका स्वकिय सचिव शेष हजरा, नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो ।