बारा । बारामा एक लघुवित्तीय संस्थाले ऋण नै नभएको व्यक्तिको नाममा ऋण देखाएपछि सेवाग्राहीहरु आक्रोशित भएका छन् । स्वालम्बन लघुबित्तीय संस्था, जीतपुर शाखाले ऋण नै नभएको ब्यक्तिको नाममा ऋण देखाएपछि रमौली लोसण्डाका सेवाग्राही आक्रोसित भएका हुन । उनीहरुले गाउँमा ऋणको ताकेता गर्न आएका जीतपुर, शाखाको कर्मचारी चढ्ने मोटरसाईकल खोसेर कर्मचारीलाई नियन्त्रणमा लिएका छन् । पाँचबर्ष अगाडी तिरी सकेको ऋण जम्मा गरिएको बचत निकाल्न जाँदा आफनो नाममा देखाएपछि उनीहरु अचम्मित भएका हुन् । रमौली निवासी लालमती देबिको देहान्त भएको करिब ५ बर्ष भन्दा बढी भयो । उहाँको छोरा सहित आफन्तहरु बैँकमा गई हिसाब किताब गरी ऋण तिरिसकेका थिए ।
तर बचत निकाल्न जाँदा अचानक आमाको नाममा २५ हजार रुपैया ऋण रहेको देखाएर बैँकका कर्मचारीले बचत निकाल्न निदिँदा यो रहस्य बाहिर आएको हो । भदौ महिनामा तिरिसकेको ऋण शिवपुजन देवीको नाममा १ लाख ५ हजार देखाएको छ । उहाँकोे नाममा ऋण देखाएपछि छानाबाट खसेको जस्तो भएको बताउनुभयो । शिवकली महत्तोको नाममा ८ हजार ऋण देखाएको मिन्ता देबी कोईरीले आफनो नाममा रहेको ऋण पाँच बर्ष अगाडि आफनो बचत र सँगै समुहमा बसेका साथीहरुको बचतबाट कटाएर तिरिसक्नुभएको थियो । अचानक उहाँको नाम ऋणीको सुचीमा देखेपछि उहाँ पनि अचम्मीत हुनुभएको छ । मिन्ता देबिको नाममा ४५ हजार ऋण देखाएको छ । यसरी समुह जमानीमा बस्ने महिलाहरुले ऋण तिरिसकेको तर नाममा ऋण देखाईरहेको रकम ६ लाख ७६ हजार रुपैया रहेको छ । स्वालम्बन लघुबित्तीय संस्था, जीतपुर शाखाका प्रबन्धक सन्त कुमार मण्डल पनि अचम्ममा पर्नुभएको छ ।
उहाँ जीतपुर शाखामा आफु नयाँ भएकाले ५ बर्ष अगाडि के भएको हो भन्ने बिषयमा जानकारी नभएको बताउनुभयो । प्रबन्धक मण्डलले लघुवित्त बैंकको सफ्टवेयरमा ती महिलाहरुको नाममा ऋण देखिएपछि आफुले बचत रोकेको जानकारी दिनुभयो । पाँच बर्षसम्म ऋणीहरुको नाममा ऋण रहेको जानकारी किन नदिएको ? भन्ने पीडितहरुको प्रश्नमा आफु यस बिषयमा केही भन्न नसक्ने बताउनुभयो । यस बिषयमा आफुले क्षेत्रीय कार्यालयमा जानकारी गराईसकेको शाखा प्रबन्धक मण्डलले बताउनुभयो ।