पर्सा । पर्साको जिराभवानी गाउँपालिकामा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
जिराभवानी–१ बलुवा टोल बस्ने ६० वर्षीय नवि मियाँ अन्सारीको मृत्यु भएको हो । अन्सारी शारीरिक रुपले असक्त थिए ।
उनी २ दिनदेखि घरबाट सम्पर्क विहिन रहेको परिवारले जनाएको छ । मृतकको शव आज बिहान चमरी नदिको किनारबाट फेला परेको प्रहरी चौकी महादेवपट्टीले जनाएको छ ।