पर्सा । पर्साको पोखरीयामा डाईरेक्ट हुकिङ गरि विद्युत् चलाउने ६ जना मानिस पक्राउ परेका छन् ।
उनीहरुलाई नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र चुहावट नियन्त्रण टोली, ईलाका प्रहरी कार्यालय पोखरीया र सशस्त्र प्रहरी बल पोखरीयाको सयुक्तं टोलीले १ थान मोटर सहित गएराति पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भईरहेको विद्युत प्राधिकरण पोखरीयाका प्रमुख जग्गनाथ झाले जानकारी दिनुभयो ।