सल्यान । सल्यानमा एक पुरुष खोलाको किनारमा मृत अवस्थामा भेटिएका छन् । बाग्चौर नगरपालिका ८ कोटमौला घर भएका २४ वर्षीय दिनेश विक त्रिवेणी गाउँपालिका ६ लुहाम बजार नजिकै लुहाम खोलाको किनारमा मृत अवस्थामा भेटिएका हुन् ।
कोटमौला घर भएका विक लुहाम बजारमा जय विश्वकर्मा ग्रील उद्योग संचालन गरेर बस्दै आएका थिए । मृत अवस्थामा भेटिएका विकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।
उनका अनुसार इप्रका लुहामबाट खटिएको प्रहरी टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । मृत्युको यकिन कारण भने खुल्न सकेको छैन । विकको शवमा भने कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।