• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतलाई ९ विकेटले हराउँदै अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा

  • वीरगंज संजाल
  • १९ फाल्गुन २०७९, शुक्रबार १३:२८
  • १३९३

    वीरगंज । घरेलु टोली भारतलाई ९ विकेटले हराउँदै अष्ट्रेलियाले शुक्रबार आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । अष्ट्रेलियाविरुद्ध फाइनलमा कसले प्रतिस्पर्धा गर्छ अझै टुंगो लागेको छैन । प्याट कमिन्सको कप्तानीमा रहेको अष्ट्रेलियाले विश्व टेष्ट च्याम्पियनसिपको २०२१–२३ मा १८ मध्ये ११ टेष्ट खेल जितेको छ । चार खेल बराबरी खेलेको छ । तीन खेलमात्र हारेको छ । अष्ट्रेलियाले पछिल्लो पटक भारतमाथि ९ विकेटको विजय हासिल गरेको हो । इन्दोरस्थित होल्कर क्रिकेट मैदानमा पाहुना टोली अष्ट्रेलियाका स्पिनर नाथन लियोनले उत्कृष्ट प्रदर्शन गरेपछि भारतका कुनै पनि ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेनन् ।

    अष्ट्रेलियाले तेस्रो दिन ७५ रनको लक्ष्य पछ्याएको थियो । जुन लक्ष्य शुक्रबार बिहान १८.५ ओभर खेल्दा एक विकेट गुमाएर पूरा गरेको हो । ओपनर उस्मान ख्वाजा शून्यमा आउट हुँदा ट्रभिस हेड ४९ र मार्नुस लाबुसेन २८ रनमा अविजित रहे । ख्याजा रविचन्द्रन आश्विनको बलमा आउट भएका हुन् । दोस्रो इनिङ्समा लियोनले आठ विकेट लिएपछि भारतले १६३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । भारतका लागि चेतेश्वर पुजराले ५९, श्रेयस ऐयरले २६, आश्विनले १६, बिराट कोहलीले १३ र कप्तान रोहित शर्माले १२ रन बनाए । अक्सर पटेलले अविजित १५ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । लियोनलाई मिचेल स्टार्क र म्याथ्यु कुहनेमनले एक/एक विकेट लिएर साथ दिएका थिए ।

    टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा पनि १०९ रन बनाउँदा सबै विकेट गुमाएको थियो । भारतका लागि कोहलीले २२, शुभमन गिलले २१, श्रीकर भारतले १७, रोहितले १२ रन बनाए । अक्सर पटेल १२ रनमा अविजित रहे । अष्ट्रेलियाका कुहनेमनले पाँच विकेट लिएका थिए भने लियोनले तीन र टोड मुर्फेले एक विकेट लिएका थिए । अष्ट्रेलियाले पहिलो इनिङ्समा ८८ रनको अग्रता लिएको थियो । पाहुना टिमले सबै विकेट गुमाएर १९७ रन बनाएको थियो । अष्ट्रेलियाका ख्वाजाले ६० रन बनाउँदा लाबुसेनले ३१, स्टिभ स्मिथले २६, क्यामरुन ग्रिनले २१ र पिटर ह्याड्सकोम्बले १९ रन बनाए । भारतका रविन्द्र जडेजाले चार विकेट लिँदा उमेश यादव र रविचन्द्रन आश्विनले तीन÷तीन विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑