वीरगंज । रामनिवास पटेल । जिल्ला प्रहरी कार्यालय पर्साले बिल बीजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको पिकअप निण्न्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सियास्थित सडकखण्डबाट BR 05 GB 9323 नम्बरको पिकअपलाइ नियन्त्रणमा लिएको हो।
बिल बीजकभन्दा बढी लत्ताकपडाहरू लोड गरेको पिकअप वीरगंज तर्फ जाँदै गरेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहिबार उक्त पिकअपलाई रोकी जाँच गर्ने क्रममा बिल बीजकभन्दा बढी मालवस्तुहरू लोड रहेको तथा
सो बिल बिजक शांकास्पद देखिएको अन्दाजी २५ लाख ३१ हजार ३ सय १० रुपैयाँ बराबरको लत्ताकपडाहरूसहित पिकअप नियन्त्रणमा लिइएको बारा प्रहरीले जानकारी दिए। थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि लत्तापकडा र पिकअप राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।