वीरगंज । कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क प्रालिबीच ग्राहकहरूलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले देशभरका शाखाहरुबाट सहजरुपमा बीवाईडी ब्रान्डका सवारीसाधन खरिदका लागि सवारीसाधन कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकका ग्राहकहरूले नेपालका कुनै पनि बीवाईडी डिलरबाट सवारीसाधन खरिद गर्दा कुमारी बैंकबाट ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै, सो कर्जा आठ वर्ष अवधिसम्म लिन मिल्ने प्रावधान गरिएको छ ।