वीरगंज । आठ दलीय गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपति पदका उमेदवार रामचन्द्र पौडेलको पक्षमा मत मागिरहेका छन् । तीनकुनेस्थित रोयल ब्यांक्विटमा जारी सांसदलाई अभिमुखीकरण कार्यक्रममा पौडेलको पक्षमा भोट माग्दै आफ्ना कुराहरु राखिरहेको नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जानकारी दिए ।
“शीर्ष नेताहरुले क्रमशः राष्ट्रपति निर्वाचनमा आठ दलका उमेदवार बन्नुभएका रामचन्द्र पौडेलजीको पक्षमा मत मागेर आफ्ना अभिव्यक्ति राखिरहनुभएको छ,”
उनले सञ्चारकर्मीसँग भने, “स्वयं पौडेलले आफ्ना प्रतिबद्धता प्रस्तुत गरिरहनुभएको छ ।”पौडेलले संविधानको संरक्षक बन्ने र इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।