वीरगंज । नेकपा एमालेका नेताहरू राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङलाई मत माग्दै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् । नेम्वाङसहित एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,सचिव योगेश भट्टराईलगायत नेताहरूले रास्वपाका नेताहरूलाई भेटेका हुन् ।
भेटका क्रममा पार्टी सभापति रवि लामिछानेसमक्ष मतदान गर्न आग्रह गरे । फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । यसअघि एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगी माधवकुमार नेपालसँग राष्ट्रपतिमा नेम्बाङलाई मत दिन आग्रह गरेका थिए ।
रास्वपा प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिए पनि समर्थन भने कायम राखेको छ।