वीरगंज । लागूऔषध कारोबारमा संलग्न १८ जना पक्राउ परेका छन्। अवैध लागू औषध खैरो हेरोइन ४६९.५१ ग्राम र नियन्त्रित लागू औषध ९४० एम्पुलसहित उनीहरू पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका तथा विभिन्न जिल्लामा रहेका मातहत शाखा कार्यालयहरुबाट लागूऔषध खैरो हेरोइन र नियन्त्रित लागू औषध डाईजेपाम, ब्रुपिनोर्फिन र फेनारगन एम्पुलहरूसहित १८ जना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। बरामद लागूऔषधको अवैध बजार मूल्य करिब ४८ लाख ५३ हजार २० रुपैयाँ रहेको छ।