• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समय मिलेसम्म बजारमा आएका सबै खाले किताब पढ्छु

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७९, बिहीबार १४:१८
  • २०६९

    प्राडा राजेन्द्र कोजु मुटु रोग विशेषज्ञ हुन्। उनी काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका डिन समेत हुन्। डा कोजु कला, साहित्य र सङ्गीतमा निकै रुचि राख्छन्। स्वास्थ्य खबरको लागि अन्शु खनालले उनीसँग गरेको कुराकानी :

    तपाईँलाई कहिले देखि चित्र बनाउने रुचि लाग्यो?
    म स्कुलको दिनदेखि नै अलिअलि चित्र कोर्थे। तर बिचमा आफ्नो व्यस्तताले गर्दा केही गर्न पाएको थिइन्। पछिल्लो समय कोरोना कालमा फुर्सदमा फेरी चित्र कोर्न थालेँ।

    कस्तो प्रकारको चित्रहरू बनाउन मन पर्छ?
    धेरै जस्तो मलाई प्रकृतिको, सेनारियोहरुको बनाउँछु। आफूले आँखाले देख्दा जे राम्रो लाग्छ त्यो बनाउने कोसिस गर्छु। त्यसमा कहिले कसो हाम्रा वरपरका चिजहरू (घर, बस्ती) हरू पनि बनाउन मन लाग्छ।

    चित्रहरू कागजमा बनाउन बढी मन पर्छ की डिजिटल?
    मलाई दुवै कामहरू उत्तिकै मन पर्छ। मेरो सामाजिक सञ्जालमा भएका कामहरू मैले ल्यापटपबाट बनाएको हुँ। डिजिटल काम गर्दा पूर्णता नभए जस्तो लाग्छ तर कहिले कसो बनाउन मन पर्छ।

    तपाईँलाई मन पर्ने चित्रकार?
    धेरै हुनुहुन्छ, म समग्र चित्र बनाउने सबैलाई उत्तिकै मन पराउँछु। तर म लैनसिंह बाङ्देल र सुमन चित्रकारको चित्रहरूको प्रशंसक हुँ।

    तपाई गीत पनि गाउनु हुन्छ, कहिले देखि सङ्गीतमा रुचि लाग्यो?

    गीत पनि स्कुल पढ्दा देखि नै हो। आफूलाई रमाइलो लाग्ने हुनाले सानै देखि गुनगुनाउने गर्थे।

    कस्तो गीतहरू मन पर्छ?
    त्यो जमानाको आधुनिक गीतहरू।

    किताब कत्तिको पढ्नुहुन्छ नि?
    बजारमा नयाँ आएका किताबहरू सकेसम्म नछुटाउँ भन्ने हुन्छ। समय मिल्ने बित्तिकै किताब पढी हाल्छु।

    कुन विधाको किताबमा हजुरको रुचि छ?
    म सबै खाले किताब पढ्छु। आख्यान, गैरआख्यान सबै पढ्छु।

    अहिले कुन किताब पढ्दै हुनुहुन्छ?
    अहिले म सद्गुरुको कर्म र बुद्दीसागरको एक्लो भन्ने किताब पढीरहेको छु। डा भगवान् कोइरालाको हृदय पनि सँगै छ।

    यी सबै कुराहरू कुन समयमा गर्नुहुन्छ?

    यी सबै फुर्सदको समयमा गर्छु। फुर्सदको समय आफ्नो लागि दिऊँ भन्ने हुन्छ। त्यसकारण त्यो समयमा केही कोर्ने, गुनगुनाउने या पढ्ने गर्छु।

    चिकित्सक भएर पनि कला, सङ्गीत र साहित्यमा रुचि राख्नु हुन्छ, यसले तपाईँलाई कस्तो महसुस हुन्छ? किन गर्नुहुन्छ?
    एकदमै आनन्दको महसुस हुन्छ मलाई। यी सबै चिज गर्दा आफ्नो आत्मालाई सुने जस्तो लाग्छ। रमाइलो लाग्छ त्यस कारणले नै गर्छु।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑