वीरगंज । विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट स्रोत नखुलेको १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ का २६ वर्षीय रमेश कुमार मण्डल, २२ वर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका-३ का ३० वर्षीय नबि हुसेन छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उनीहरूलाई स्रोत नखुलेको भारतीय रूपैयाँसहित पक्राउ गरेको बताइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।