वीरगंज । बिरगंज महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजन उप प्रमुख इम्तियाज आलम द्वारा गठित समितिले बिरगंज महानगर भित्र रहेका विभिन्न खाद्यान्न किराना पसलमा अनुगमन गरेको छ । बजारलाई व्यवस्थित बनाउन र व्यवसायीहरुलाई सचेत गर्नुका साथै अनुसाशित रुपमा ऎन कानुनले दिएका नियमको परिधिभित्र रहेर व्यवसाय गर्न र आम उपभोक्ता नठगियोस भन्ने उद्देश्यका साथ नियमित अनुगमन गर्ने गरेको बिरगंज महानगर पालिकाका खाद्य अधिकृत बिपिन कुमार लाल दासले जानकारी दिनुभयो। आज मंगलवार बिरगंज महानगर पालिका वडा न.९ स्थित पानगल्लिमा रहेका किराना तथा खाद्यान्न पसलमा अनुगमन गरिएको थियो ।
बिरगंजको पालगल्ली स्थित सुमित्रा ट्रेर्डस एन्ड सप्लायर्स , श्री श्याम ट्रेडर्स , बालाजी ट्रेडर्स , सिद्धिदाता ट्रेडर्स , बर्णबाल जेनरल सप्लायर्स , गहवामाई सप्लायर्स , श्री गढिमाई स्टोर्समा अनुगमन गर्ने क्रममा धेरै जसो पसलमा बिरगंज महानगर पालिकाबाट व्यवसाय अनुमतिपत्र नलिई संचालन गरेको , मुल्य सुची नराखेको , पसलको बोर्ड नराखिएको , एक्स्पाईरी सामान , लिकेज ब्रेकेज सामान राख्ने ठाउँ ( एक्पाईरी जोन ) नराखिएको , पसलको स्टाम्प समेत भेटिएकोले पहिलो पटकको लागि ३ दिन भित्र व्यवसाय प्रमाणपत्र लिन र सबै प्रक्रिया पुर्याउन निर्देशन समेत दिएको बताए ।निर्देशन नमान्ने र अटेर गर्ने व्यवसायीलाई कार्वाही समेत गर्ने अनुगमन टोलिले जानकारी गराएका थिए ।
त्यसैगरि अनुगमन गर्ने क्रममा बालाजी ट्रेडर्समा लिकेज ब्रकेज रहेका हुलास रोयल च्वाईस पिठो ५ केजिको ८ पाकेट , चक्की फ्रेस पिठो २ केजिको ४ पाकेट , चक्की फ्रेस पिठो ५ केजिको २ पाकेट बरामद गरि सर्वसाधारणको रोहबरमा नस्ट गरिएको बिरगंज महानगर पालिकाका खाद्य अधिकृत बिपिन लाल दासले जानकारी दिनु भयो। अनुगमन टोलिमा बिरगंज महानगर पालिका , जिल्ला प्रशासन कार्यालय , खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय , वाणिज्य कार्यालय , घरेलुु तथा साना उद्योग , बिरगंज उद्योग वाणिज्य संघ , नापतौल तथा गुणस्तर कार्यालय , पर्सा प्रहरी , सशस्त्र प्रहरी , उपभोक्ता हित संरक्षण मंचका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।