वीरगंज । सिप्रदी ट्रेडिङ प्रा.लि.ले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका लागि मेघा होली क्याम्पको आयोजना गरेको छ । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठले एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्राहकवर्गको चाहना, आवश्यकता र हालको परिस्थितिलाई मध्यनजर गरी क्याम्प सुरु गरेको बताए ।
टाटा कमर्सियल गाडीहरुको सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने उदेश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथमा टाटा जेन्यूइन पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ । यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५ प्रतिशतदेखि २२ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।
टाटा जेन्यूइन आयलमा २५ प्रतिशत छुट, सर्भिस वुकिङ्ग गरेर आउने गाडीहरुलाई लेवर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ्ग सुविधा रहेको कम्पनीले जनाएको छ । यस क्याम्पमा सहभागी हुने ग्राहकहरुका लागि अर्को पटकको लागि पनि उही छुट सुविधा भएको सर्भिस छुट कुपनको साथमा भाग्यशाली तीनजनाले ग्राहकहरुलाई स्र्माट फोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको छ । सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुमा २१ गते सम्म उक्त क्याम्प सञ्चालनमा रहनेछ ।