वीरगंज । सालकको खपटा र जिउँदो हुचिलसहित दुईजना पक्राउ परेका छन् । धादिङको धुनीबेसी नगरपालिका–६, नौबिसेस्थित त्रिभुवनराजपथ सडकमा विशेष सूचनाका आधारमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२, लिती बस्ने १९ वर्षीय रमेश स्याङ्तान र धादिङको थाक्रे गाउँपालिका–५, नयाँगाउँ बस्ने ४७ वर्षीय विनोद लामा रहेका छन् । उनीहरुले पाँच किलो ३०० ग्राम वन्यजन्तुको सालकको आखेटोपहार र हुचिलजस्तो पन्छी लिएर हिडेका थिए ।
उनीहरुलाई थप अनुसन्धानका लागि सवडिभिजन वन कार्यालय नौबिसेमा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको वस्तुको बजारमुल्य २० लाख बराबर रहेको छ ।