बारा । रामनिवास पटेल । बारामा पुर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र अम्लेखगंज सडकखण्डको जंगलमा देह व्यापार फस्टाउदै गएको छ । कम आय भएका महिलाहरू दाउरा घाँसको बहानामा बिभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौन क्रियाकलामा सरिक हुनेक्रम बढ्दै जान थालेको हो । सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नु पर्ने ईच्छा आदीका कारण पनि सानै उमेर देखि बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय देह व्यापार गर्नेको सख्या समेत बढ्न थालेको छ । वन क्षेत्र प्राय सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिनप्रति दिन देह व्यापार गर्नेको सख्या समेत बढेको हो । पुर्वपश्चिम लोकमार्गका कारण उनीहरुका ग्राहक प्राय सवारी चालक र स्थानीयहरू हुने गरेका छन् । यौन व्यवसायी महिलाहरूसँग यौन व्यवसायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ– आर्थिक बाध्यता । यद्यपी उनीहरू सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नु पर्ने ईच्छा आदीका कारण पनि
सानै उमेर देखि यौन व्यवसायमा लागेको पाईएको छ । दैनिक के खाउँ र के लाउँ भन्ने पिडामा रुमल्लिएका महिला आफ्ना साना नानीलाई मीठो खाने कुरा किनेर दिने आशमा बाध्य भएर जिबिको पार्जनको लागी देह ‘व्यापार गर्ने गरेको उनीहरू बताउँछन् । सडकको बिभिन्न ठाउँहरुमा नैं बसेर खुलेयाम ग्राहकहरुसँग बार्गेनिङ गरिरहेका देह व्यापारीहरुको संख्या पछिल्लो समयमा बढ्दै गईरहेको छ । खुल्लम–खुल्ला देह–व्यापार र अनैतिक कार्य हुने गरे पछि अहिले बारा जिल्ला देह व्यापारको लागि चर्चामा रहेको छ । बाराको बन क्षेत्रमा हुँदै आएको अवैधधन्दा नियन्त्रण गर्न प्रहरी समेत निकै प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने प्राय: महिलाहरु श्रीमानले छोडेको तथा दिनभर ज्याला मजदुरी गर्दा समेत उचित पारिश्रमिक नपाएको र
घरको आर्थिक अवस्था समेत कमजोर भएकै कारण प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको उनीहरुको भनाई रहेको छ । बाराको बन क्षेत्रमा हुँदै आएको अ-वैधधन्दा नियन्त्रण गर्न प्रहरी समेत निकै प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू वन भित्र लुक्ने गर्छन् । प्रहरीले पटक पटक सम्झाउने गरेको र पछिल्लो समयमा प्रहरीले गएर ल-खेटने गरेको भए पनि नियन्त्रण हुन भने नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतमले जानकारी दिए । बारा प्रहरीले पटक पटक उनीहरुलाई सम्झाउने र अ-टेर गर्नेलाई ल-खेट्ने’ गरेको भएता पनि न्युनिकरण भने हुन सकेको छैन । पछिल्लो समय पुर्वपश्चिम लोकमार्गको निजगढदेखि अंम्लेखगंजको सडक खण्डलाई अघोषित रेड लाइट एरिया नैं भनेर चिनिने गरेको स्थानीयहरु बताउछन् ।