बारा । परवानीपुर गाउँपालिकामा पुर्वकर्म (स्नेहन स्वेदन) कार्यक्रम सम्पन्न भएको छ । नागरिक आरोज्ञ सेवा केन्द्र रामपुर टोकनी बाराकी प्रमुख बैध निलम कुमारी सिंहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्र प्रसाद पटेल, प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनियार, प्रादेशसिक आयुर्वेद चिकित्सालय बाराको बरिष्ठ कबिराज निरिक्षक सहदेव पण्डीत,
योग प्रशिक्षक तथा बैध निरिक्षक धिरेन्द्र सिंहलगायतको सहभागीता रहेको थियो । आजको कार्यक्रममा ८जना स्थानियलाई सेवा प्रदान गरिएको बैध निलम कुमारी सिंहले जानकारी दिनु भयो । एक जनालाई सेवा प्रदान गर्दा ५ देखि २५ मिनेट सम्म लाग्ने गरेको बैध सिंहको भनाई रहेको छ । दुखाईको रोगीहरुका लागि जडिबटीको भाफले सेकाएर उपचार गर्ने बिधि नै पुर्वकर्म (स्नेहन स्वेदन) हो ।
यसैबिच, बिध्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पनि सम्पन्न भएको छ । श्री उच्च जनता माबि रामपुर टोकनी वडा नं.०२मा भएको कार्यक्रममा कक्षा ८ र ९का बिध्यार्थीहरुलाई योग तथा आयुर्वेदको बिषयमा शैधान्तिक कक्षा संचालन गरिएको बैध निलम कुमारी सिंहले जानकारी दिनु भयो ।