पर्सा ।राजन कुमार बानिया। मदर्सा ईसलामिया सेराजुल उल्म लंगडीले अायोजना गरेको जलसा कार्यक्रम पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी मदर्साको प्रयागनमा उदघाटन कार्यक्रम सम्पन्न भएको छ। लंगडी गाउँमा दोस्रो पटक जलसा कार्यक्रम गरिएको हो। जलसाको प्रमुख अतिथी खानेपानी तथा उर्जा मन्त्री सिगासन साह कलवारले उदघाटन गर्नु भएको थियो। कार्यक्रम मा बोल्दै मन्त्री कलवारले भने अाफ्नो धर्मको सुरक्षित गर्न जरुरी छ कसैको धर्म प्रति बिरोध गर्न नपाउने बताए ।
मदर्सामा उर्दु ,फार्सी मात्र होईन नेपाली ,अंग्रेजी समेत पठनपाठन हुन्छ यसमा पढेको मान्छे मौलबी मात्र होईन डाक्टर ,ईन्जिनियर समेत बन्ने बताए ।प्रदेश सरकारले शिक्षा एन मदर्सा बोर्ड एन पाँच वर्ष पहिला ल्याई सकेको छ कार्यान्वयनमा लियाउने बाकी रहेको छ।।प्रमुख अतिथी मन्त्रीले भने मदर्सामा शुद्ध खाने पानीको अवस्कता रहेको छ अाउने दिनमा शुद्ध खानेपानीको ब्यवस्थापन गरिने अास्वासन दिनु भएको थियोे । मदर्सा बनाउनमा अहोरात खटी मेहनत गर्नु भएका बच्चा मियाँ लाई बधाई समेत दिनु भएको थियो। जलसा कार्यक्रम मदर्साको सेक्रेटरी मजीद मियाँको अध्यक्ष्ातामा सम्पन्न भएको थियोे।कार्यक्रममा धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहान,
धोबिनी गाउँपालिकाको पुर्व अध्यक्ष सुरेश प्रसाद कुर्मी,जगरनाथपुर गाउँपालिका का पुर्व अध्यक्ष जालिम मियाँ ,जसपा नेपालका पर्सा अध्यक्ष रामनरेश प्रसाद यादव,सचिव तबरेज अालम,वडा अध्यक्ष अबास मियाँ ,दबेन्द्र पटेल,इमदाद गदि ,मन्त्रीका स्वकिय सचिव सचिन सिंह,बच्चा मियाँ ,पपु पटेल,अलियास मियाँ , लगायतको सहभागिता रहेको थियो । जलसामा मदर्साको लागि जालिम मियाँले तीन कठ्ठा जग्गा खरिद गर्न घोषणा गर्नु भएको थियोे ।जलसा कार्यक्रममा नेपाल भारत का हजारौ महिला पुरुष हरुको सहभागिता रहने र रात भरी मुस्लिम प्रवचन कर्ताहरु संग सुनिने गर्छन।