• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुदूरपश्चिमबाट बनेको थियो नयाँ गठबन्धनको पृष्ठभूमि

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७९, आईतवार १५:१४
  • २११७

    धनगढी — राप्रपा, नागरिक उन्मुक्ति, माओवादी केन्द्रसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई विश्वासको मत जुटाउन निकै ठूलो सकस भइरहेको थियो ।मुख्यमन्त्री कमलबहादुर शाह अन्तिम समयसीमा नजिकिँदै थियो, अकस्मात साझेदार मात्र नभई निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका संघीय सांसद अरुण चौधरीलाई प्रहरीले पक्राउ गर्‍यो । तीन दल एकसाथ भएर पनि नाउपाले सहयोग नगरे विश्वासको मत नपुग्ने भएकाले उनीसँग नागरिक उन्मुक्ति पार्टी बाहेक तत्काल अर्को विकल्प थिएन । त्यसैले पार्टी संरक्षक रेशम चौधरीको रिहाइको मुख्य माग गरिरहेको नाउपालाई मनाउन उनी नेताहरुसँगको भेटघाटमै काठमाडौं ओहोर–दोहोर गरिरहेका थिए । जति गर्दा पनि नाउपाले विश्वासको मत दिने वचन दिएन । तर एमाले सांसदहरु भने अन्तिम समयमा भए पनि नाउपाले मत दिने विश्वासमा थिए । सरकारमै रहेको सहयात्री माओवादी केन्द्रका सांसदहरुमा भने त्यसैबेला पनि एमाले जति उकुसमुकुस देखिँदैनथ्यो ।

    विश्वासको मत लिइसक्ने अन्तिम दिन आउन सात दिन मात्र बाँकी थियो । माघ १९ गते अकस्मात नौ वर्षभन्दा बढी समयदेखि अदालतको फरार सूचीमा रहेका नाउपाका संघीय सांसद अरुण चौधरीलाई प्रहरीले पक्राउ गर्‍यो । रेशमको रिहाइका लागि प्रधानमन्त्री तहबाटै विश्वासिलो वचन चाहिरहेका नाउपाका नेताहरु उल्टै आफ्ना सांसदलाई सरकारले पक्राउ गरेपछि नबिच्किने कुरै थिएन ।त्यसको बदला उनीहरुले विश्वासको मत दिने बेला लिए । विश्वासको मत दिने बेला नाउपाका सांसदहरु प्रदेश सभा बैठकमै नआएपछि ३० दिनमै एमाले-माओवादीको संयुक्त सरकार ढल्यो थियो । सरकार ढल्दा पनि माओवादी केन्द्रका सांसदहरुमा एमाले सांसदहरु जस्तो बेचैनी भने कसैमा पनि देखिएको थिएन । राप्रपा प्रदेश प्रवक्ता छत्रबहादुर शाहीको बुझाइमा नाउपाका सांसद अरुण चौधरीको पक्राउ संभवत सुदूरपश्चिम सरकार ढल्ने अवस्था संघदेखि प्रदेशसम्म निर्माण हुन लागेको नयाँ समीकरण निर्माणको पृष्ठभूमिअन्तर्गत नै थियो । प्रजातन्त्र दिवसका दिन सांसद चौधरीलाई सरकारले माफी दिएपछि उनी रिहा भइसकेका छन् ।

    निर्वाचनसम्म कायम रहेको माओवादी–कांग्रेस गठबन्धन सरकार गठनका बेला तोडिएर माओवादी–एमाले समीकरण बनेपछि संघदेखि प्रदेशसम्मका पदहरुको बाँडफाँट पनि ती दुई दलहरुबीच नै भएको थियो । त्यसक्रममा सुदूरपश्चिमको नेतृत्व एमालेको भागमा पर्‍यो । एमालेले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित पोलिटब्यूरो सदस्य समेत रहेका राजेन्द्रसिंह रावललाई मुख्यमन्त्रीमा अघि बढायो । तर अन्य दलहरु अर्कैतिर भएकाले नागरिक उन्मुक्तिको सहयोगबिना त्यो सम्भव थिएन ।पूर्व आर्थिक मामिलामन्त्रीसमेत रहिसकेका एमाले नेता झपट बोहराको बुझाइमा सरकारले चाहेको भए नाउपाका सांसदहरुलाई विश्वासको मतका लागि मनाउन सक्थ्यो । ‘तर उल्टै सो पार्टीका संघीय सांसद चौधरीलाई त्यही बेला पक्राउ गर्नुबाटै गठबन्धनमै भए पनि हामी नेतृत्वको प्रदेश सरकार ढाल्ने नियोजित प्लान त हैन भन्नेमा हामीलाई पनि शंका लागि सकेको थियो,’ नेता बोहराले भने ‘अहिले आएर त्यो पुष्टि हुने तहमा पुग्न लागेको छ।’ उनी विश्वासको मत दिलाउन नाउपाका नेताहरुसँग बारम्बार छलफलमा सक्रिय नेतासमेत हुन् ।

    प्रदेशसभामा सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भए । १९ सांसद रहेको दलका नेता शाहले सुरुमै ४ सांसद रहेको एकीकृत समाजवादीलाई साथमै लिएर मन्त्रिपरिषद्‍मा महत्त्वपूर्ण स्थान दिइसकेका छन् ।संघीय समीकरण बदलिएपछि अब उनलाई १० सांसद रहेको माओवादी केन्द्र र सम्भवतः ७ सांसद रहेको नाउपाले पनि विश्वासको मत दिने आकलन गरिएको छ । त्यसो भएमा विश्वासको मतका लागि २७ सांसद आवश्यक रहेकोमा उनका पक्षमा फराकिलो संख्या हुनेछ ।राष्ट्रपति निर्वाचनको प्रकृया सुरु भएसँगै फेरिएको समीकरण आफू अनुकूल भएपछि विश्वासको मत पाउनेमा मुख्यमन्त्री शाह ढुक्क देखिएका छन् । ‘यही फागुन तेस्रो साताभित्र विश्वासको मत लिन्छौं होला,’ कांग्रेस सांसद पदमबहादुर शाहीले भने ‘केन्द्रमा माओवादी–कांग्रेस एक ठाउँमा आएकाले अब अन्योल हटेको छ ।’ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता शाहले फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑