• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परिक्रमायात्रीलाई इस्लाम धर्मावलम्बीको न्यानो स्वागत

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७९, आईतवार १४:५२
  • २३३३

    वीरगंज । मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज बिहान ध्रुवकुण्डमा इस्लाम धर्मावलम्बीले स्वागत गरेका छन्। यात्राको सातौँ दिनको विश्रामका लागि आज ध्रुवकुण्ड आइपुगेका यात्रीलाई स्थानीय इस्लाम धर्मावलम्बीले स्वागत गरेका हुन् । महोत्तरीको बलवा नगरपालिकाको धमौरास्थित ध्रुवकुण्ड वरपरका बस्ती अहिले मुस्लिम बसोवास बाहुल्य छन्। जिल्लाको मडैमा छैटौँ दिनको रात्रिविश्राम गरेका यात्री आज बिहानदेखि ध्रुवकुण्ड पुग्दै छन्। आफ्नो ठाउँमा आइपुगेका यात्रीलाई ध्रुवकुण्ड नजिकका धमौरा, रौजा र अधियानपुरसहितका बस्तीका इस्लाम धर्मावलम्बीले आज बिहान स्वागत गरेका हुन्। ध्रुवकुण्ड आइपुगेका यात्रीलाई फूलमाला र गम्छा ओढाएर सम्मान गर्दै बिहान इस्लाम धर्मावलम्बीले स्वागत गरेका छन्।जिल्लामा इस्लाम (मुस्लिम, मुसलमान) धर्मावलम्बीको सघन बसोवास रहेको धमौरामा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड अवस्थित छ। सत्ययुगमा राजकुमार ध्रुव (पछि राजा) ले तपस्या गरेको ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । आफ्नो ठाउँ १५ दिने माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहँदै आउनु गौरवको कुरा भएको इस्लाम धर्मावलम्बी बताउँछन्।

    आज बिहान यात्राको सातौँ दिनको रात्रिविश्रामको प्रबन्धमा मुस्लिम आफ्ना छिमेकी हिन्दूसँगै तल्लीन देखिन्छन्। ‘यात्री हाम्रो ठाउँमा राम्रोसँग बस्न सकुन्, यो ठाउँ सबैको मनमा रहन सकोस्, हामी यो चाहन्छौँ,’ धमौराका ७५ वर्षीय इस्लाम धर्मावलम्बी हासिम कवारी भने, ‘यात्रीको स्वागत, बसोवास र अन्य प्रबन्ध ठीकठाक रहन सकोस् भन्ने हाम्रो प्रयत्न हो।’ यो मध्यमा परिक्रमा आफूहरूका लागि अतिथि सत्कारको खास अवसर रहँदै आएको इस्लाम धर्मावलम्बीको भनाइ छ। हिन्दू परम्पराको मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड (धमौरा) इस्लाम धर्मावलम्बी बसोवास बाहुल्यको ठाउँ हो । धमौराका अधियानपुर, रौजाबजार, धमौराटोल र भगवतीपुर बस्तीमा इस्लाम धर्मावलम्बीको बसोवास छ। यस ठाउँमा परिक्रमाको सातौँ दिनको विश्राम परम्परालाई स्वागत गर्नसके र राम्रो बिदाइ गर्नसके धार्मिक सदभावको सन्देशसमेत प्रवाहित हुने इस्लाम धर्मावलम्बी बताउँछन्। ‘मिथिला माध्यमिकी परिक्रमा धर्मको बन्धनले कसिएको हामी ठान्दैनौँ,’ धमौराको भगवतीपुरका अर्का इस्लाम धर्मावलम्बी मञ्जुर अन्सारी भने, ‘मिथिलाको महाकुम्भ भनिने यो यात्रा सिंगाे मिथिला क्षेत्रको साझा संस्कृति बनिसकेको छ।’ धमौरामा मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहेको ध्रुवकुण्ड र रौजास्थित इस्लाम धर्मावलम्बीको पवित्र धार्मिकस्थल रौजामजार रहेका छन्।

    इस्लाम धर्मावलम्बी गदालीबाबासहित तीनजना सन्तको रौजामजारमा बर्सेनि हजारौँ संख्याका हिन्दू दर्शन र मन्नत (इच्छित मनोकामना) माग्न र भाकल दिन पुग्ने गरेका छन् । धमौराको विकासमा यी दुवै पक्षलाई उजागर गरेर उज्याला सम्भावना बढाउन सकिने कुरामा यहाँ (धमौरा) का हिन्दू, इस्लाम दुवै धर्मावलम्बी सहमत देखिन्छन्।माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरूको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू र इस्लाम धर्मावलम्बी नबाँडिएझैँ रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू तथा इस्लाम धर्मावलम्बी सँगसँगै हातेमालो गर्ने गरेका यहाँका बुढापाका बताउँछन्। मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा रहँदै आएको छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट सुरु भएको महोत्तरीको यात्रामा यात्री पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने गर्छन् । आज ध्रुवकुण्डमा रात्रिवासपछि सोमबार यात्री कञ्चनवनका लागि प्रस्थान गर्नेछन्। मिथिलाको महाकुम्भ भनिने १५ दिने यो परिक्रमामा सहभागी हुँदा मन पवित्र हुने यात्री बताउँछन्। पारिवारिक कल्याण र मोक्षको कामनाका साथ गरिने यो यात्रामा नेपाल र भारतका गरी एक सय ३३ किलोमिटरको वृत्तभित्र परिक्रमा गरिन्छ। यस अवधिमा महोत्तरीमा पाँच, धनुषामा छ र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा रहँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑